‘सायद-२’को दोस्रो ट्रेलर रिलिज (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १२ असार २०७४, सोमबार

nepali film-saayad-2

असार १२, काठमाडौं । चलचित्र  ‘सायद २’ को दोस्रो ट्रेलर युट्युव मार्फत रिलिज गरिएको छ ।  युवा पुस्ता लक्षित यस चलचित्रलाई पुष्पराज न्यौपानेले लेखन तथा निर्देशन गरेका हुन् ।

दुर्गिश फिल्मस्को व्यानरमा सुनिल रावल निर्मित यस चलचित्रमा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुशील सिटौला लगायतका कलाकारले अभिनय गरेका छन् ।

मेकिङमा सुनिलले इश्वर श्रेष्ठ र सुभाष लामिछाने सँग सहकार्य गरेका छन् । चलचित्र असार ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने निर्माण युनिटले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु