सिक्किम सांस्कृतिक साँझमा नेपाली कलाकार

म्यूजिक खबर
प्रकाशित: २९ पुष २०७२, बुधबार

सिक्किम साँस्कृतिक मञ्चको आतिथ्यमा साँस्कृतिक संस्थानका २२ जना कलाकार मँगलबार सिक्किम तर्फ लागेका छन् । ३० पुषमा सिक्किममा आयोजना हुने नेपाल सिक्किम साँस्कृतिक साँझमा कला प्रस्तुतिका लागि नेपाली कलाकारहरु त्यसतर्फ लागेका हुन् । उनीहरुले त्यहाँ एक दर्जन नेपाली नृत्य प्रस्तुत गर्नेछन् ।

राजधानीको जमल स्थित साँस्कृतिक सँस्थानको प्राङ्गणमा संस्थानका महाप्रबन्धक राजेश थापाले सिक्किमतर्फ जान लागेका कलाकारहरुलाई बिदाई गरेका थिए । थापाले ‘नेपाल र सिक्किम दुबै नेपाली भाषीका साथै हाम्रा धेरै कला सँस्कृति मिल्दा जुल्दा भएकाले साँस्कृतिक आदन प्रदानका लागि सँस्थानका कलाकार त्यसतर्फ जान लागेको बताएका थिए ।’

saskritik-1
संस्थानका अध्यक्ष उधोग राईको नेतृत्वमा कलाकारहरु त्यसतर्फ लागेका हुन् । आफुहरुले त्यहाँ साँस्कृतिक कार्यक्रम सम्पन्न गरेर २ माघमा काठमाडौं फर्कने अध्यक्ष राईले बताए । सिक्किम तर्फ प्रस्थान गरेका टोलीमा अन्तरा समूह सहित नृत्यकलाकार पवित्रा पंगेनी मदन थापा, सीता कार्की, रेखा कटुवाल, सवनम सिलवाल, अञ्जु आले, माया थापा, शुसिल थापा, गोरन चौधरी, छबि मगर, नविन गुरुङ, खीम मगर, श्रीहरी फुयाँल, रेशम पुन लगायत छन् । उनीहरुले त्यहाँ भैरब काली, मारुनी, टयाम्कुली, कौरा, तामाङ शेलो, साकेला, झ्याउरे, झुम्रा, हुड्केली र मयुर नाच प्रस्तुत गर्नेछन् ।

antara samuha

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु