सिजी कामना अवार्ड यो वर्ष नहुने

म्यूजिक खबर
प्रकाशित: २९ पुष २०७२, बुधबार

‘सीजी कामना अवार्ड’ यस वर्ष नहुने भएको छ । गत बर्षबाट सुरु भएको ‘सीजी कामना अवार्ड’ वि.सं २०७० सालमा रिलिज भएका चलचित्रहरुलाई भिडन्त गराउँदै २०७१ मा भव्य रुपमा सम्पन्न गरिएको थियो । तर, यस बर्ष भने अवार्डले निरन्तरता नपाउने कुरा पत्रकार सम्मेलनसहित रात्री भोजको आयोजना गरेर स्पष्ट पारिएको छ ।
भूकम्प र नाकाबन्दीलाई अवार्ड नहुनुको मुख्य कारण भएको बताइएको छ । देश समस्यामा परेको बेलामा हर्ष मनाउनुको अर्थ नदेखेर अवार्ड आयोजना नगरिएको कामना पब्लिकेशनका सम्पादक विदुर गिरीले जानकारी दिए । वि.सं २०७२ सालको अवार्ड वि.सं २०७३ को सुरुवातमा नै गर्ने गिरीले बताए ।

bidur giri
सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको रात्रीभोजमा कर्पोरेट हाउसका विभिन्न व्यक्ति, पत्रकारहरु एवं चलचित्र क्षेत्रका हस्तीहरु राजेश हमाल, भूवन केसी, आर्यन सिग्देल, नम्रता श्रेष्ठ, सुष्मा कार्की, ऋचा शर्मा, दिनेश राउत, सिताराम कट्टेल, कुञ्जना घिमिरे, निश्चल बस्नेत, दीपाश्री निरौला लगायत सोल्टी होटल पुगेका थिए ।

rajesh-and-aryan

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु