सिजी कामना फिल्म अवार्डमा केकी र आर्यन उत्कृष्ट

म्यूजिक खबर
प्रकाशित: १६ मंसिर २०७१, मंगलवार

सिजी कामना अवार्डस् २०७१ को पहिलो संस्करणमा फिल्म ‘महसुस’ले बर्चस्व जमाएको छ । सोमबार साँझ सुन्धारास्थित आर्मी अफिससर्् क्लबमा सम्पन्न समारोहमा फिल्मले ६ विधामा अवार्ड हात पा¥यो । फिल्मले उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सहअभिनेत्री विधामा अवार्ड जित्यो । फिल्म निर्देशक नवल नेपालले निर्देशनसँगै पटकथामा पनि अवार्ड थापे भने आर्यन सिग्देल र केकी अधिकारीले क्रमशः अभिनेता र अभिनेत्रीमा अवार्ड थापे । सहअभिनेत्रीमा बेनिशा हमालले सोही फिल्मबाट अरुलाई उछिनिन् । ‘महसुस’लाई फिल्म ‘मोक्ष’ले चार विधामा अवार्ड थाप्दै पछ्यायो । फिल्मले नवनिर्देशक, नवअभिनेता, कथा र संवादमा अवार्ड थाप्यो । फिल्मबाट प्रवीण श्रेष्ठले नवनिर्देशकमा अवार्ड थापे भने प्रवीणकै कथा उत्कृष्ट ठहरियो । कोसिस क्षेत्रीले नव अभिनेतामा अवार्ड जिते भने फिल्मको संवाद लेखेका राजन कठेत र प्रज्ञान थापाले संवादमा अवार्ड थापे । प्राविधिक विधातर्फ ‘होस्टल’ले बाजी मार्यो । फिल्मले छायांकन, सम्पादन, ध्वनि मिश्रणमा अवार्ड जित्यो । गौरव पहारी र प्रकृति श्रेष्ठले पनि सोही फिल्मबाट क्रमशः सहअभिनेता र नवअभिनेत्रीमा अवार्ड जिते । फिल्मबाट हरि हुमागाईंले छायांकन र सुरेन्द्र पौडलले सम्पादनमा अवार्ड जिते ।

नेपाली फिल्मको ५० वर्षे यात्रालाई सम्मान गर्दै सुरु भएको कार्यक्रममा भुवन चन्द, चैत्यदेवी, गौरी मल्ल, झरना थापा, शिव श्रेष्ठ, भुवन केसी, रमेश उप्रेती आदिले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा भैरवी ब्यान्डले संगीतको धून प्रस्तुत गरेको थियो भने गत साउनमा दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धान्जली अर्पण गरिएको थियो । कामना म्यागेजिनको प्रकाशन ३१ वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा अभिनेता हरिप्रसाद रिमाललाई कीर्तिमय दीर्घ साधना सम्मान प्रदान गरिएको थियो भने प्राविधिकतर्फ कीर्तिमय दीर्घ साधना सम्मान छायाँकार वैकुण्ठमान मास्केलाई प्रदान गरियो । दुवैलाई एक लाख रुपैयाँसहित सम्मान गरिएको थियो ।

aryan

फिल्मबाहेक संगीत र फेसनमा समेत क्रिटिक्स अवार्ड वितरण गरिएको समारोहमा सिजी क्रिटिक्स म्युजिक अवार्ड हरि लम्साललाई प्रदान गरिएको थियो भने फेसन डिजाइनर मुक्ता श्रेष्ठलाई फेसनतर्फको सिजी क्रिटिक्स अवार्ड प्रदान गरिएको थियो । थिएटरतर्फको क्रिटिक्स अवार्ड भने नाट्यकर्मी प्रवीण खतिवडालाई प्रदान गरिएको थियो । फिल्मतर्फको जुरी अवार्ड भने फिल्म ‘अन्तराल’ले पायो । रंगकर्मी वीरेन्द्र हमालको समूहले नृत्य प्रस्तुत गरेको कार्यक्रममा ‘नाइँ नभन्नू ल २’ले संगीतका सबै विधामा अवार्ड जितेको थियो । फिल्मबाट प्रेम परियार र रजिना रिमालले गायनमा अवार्ड थापेका थिए भने संगीतकार तथा गीतकारको विधामा गैरे सुरेश र कृष्णहरि बरालले अवार्ड जितेका थिए । फिल्मबाट अनुभव रेग्मीले पनि बालकलाकारमा अवार्ड थापेका थिए । करिब चार घन्टा चलेको कार्यक्रममा फिल्म ‘मौन’बाट उत्तम न्यौपानेले ध्वनि मिश्रण, निमा लामाले शृंगार र रोहित शाक्यले पाश्र्व संगीतमा अवार्ड हात पारेका थिए । फिल्म ‘लभफरेभर’बाट सूर्य थोकरले द्वन्द्वमा र कविराज गहतराले फिल्म ‘काली’को ‘स्लोली स्लोली’ बोलको गीतबाट नृत्य निर्देशनमा अवार्ड थापेका थिए ।

१.उत्कृष्ट श्रृङ्गार : निमा लामा (मौन)
२. उत्कृष्ट साउण्ड डिजाइनर : उत्तम न्यौपाने (मौन)
३. उत्कृष्ट छायांकार : हरी हुमागाँइ (होस्टेल)
४.उत्कृष्ट सम्पादक : सुरेन्द्र पौडेल (होस्टेल)
५.उत्कृष्ट द्वन्द्व : सूर्य थोकर (लभ फरेभर)
६. उत्कृष्ट ब्याकग्राउन्ड स्कोर : रोहित शाक्य (मौन)
७. उत्कृष्ट नृत्य : कविराज गहतराज (काली)
८. उत्कृष्ट कथा : प्रविण श्रेष्ठ (मोक्ष)
९. उत्कृष्ट पटकथा : नवल नेपाल (महशुश)
१०. उत्कृष्ट संवाद : राजन कठायत र प्रज्ञान थापा (मोक्ष)
११. उत्कृष्ट नव–नायिका : प्रकृती श्रेष्ठ (होस्टेल)
१२. उत्कृष्ट नव–नायक : कोशिश श्रेत्री (मोक्ष)
१३. उत्कृष्ट पाश्र्व–गायक : प्रेम परियार (नाइ नभन्नु ल २)
१४. उत्कृष्ट पाश्र्व–गायिका : रजिना रिमाल (नाई नभन्नु ल २)
१५. उत्कृष्ट हाँस्य कलाकार : विल्सन विक्रम राई (प्रोड्यूसर)
१६. उत्कृष्ट खलपात्र : मनोज आर.सी (मधुमास)
१७. उत्कृष्ट बाल–कलाकार : अनुभव रेग्मी (नाई नभन्नु ल २)
१८. उत्कृष्ट नव–निर्देशक : प्रविण श्रेष्ठ (मोक्ष)
१९. उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल (नाई नभन्नु ल २)
२०. उत्कृष्ट संगीतकार : गैरे सुरेश (नाई नभन्नु ल २)
२१.उत्कृष्ट सह–अभिनेत्री : वेनिशा हमाल (महशुस)
२२. उत्कृष्ट सह–अभिनेता : गौरव पहारी (होस्टेल)
२३. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी (महशुस)
२४. उत्कृष्ट अभिनेता : आर्यन सिग्देल (महशुस)
२५. उत्कृष्ट निर्देशक : नवल नेपाल (महशुस)
२६.उत्कृष्ट चलचित्र (महशुस)
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु