सिड्नीमा ‘तिरिमिरि नाइट’ हुने

म्यूजिक खबर
प्रकाशित: २६ श्रावण २०७३, बुधबार

यहि अगष्ट १३ तारिखका दिन सिड्नी एशफिल्डस्थित एशफिल्ड सिभिक सेन्टरमा ‘तिरिमिरि सांझ’ कार्यक्रम आयोजना हुंदैछ । उच्च शिक्षाका लागि हाल सिड्नी अस्ट्रेलिया बस्दै आएकी क्यान्सर पिडित मनीषा सांवो उपचार सहयोगार्थ कार्यक्रम आयोजना हुन गईरहेको तिरिमिरि साँझमा अष्ट्रेलियामा रहेर नेपाली गीत संगितमा निरन्तरता दिंदै आएका सुमधुर स्वरका धनि गायक सन्जिब पराजुलीले धमकेदार प्रस्तुति दिने भएका छन् ।

sanjib_tirimiri

 

त्यस्तै गायक समिर आचार्य, गायक शैलेश शर्मा र सुवास लामिछानेका साथै युटुब मार्फत आफ्नो परिचय बनाउंदै आएकी क्यालिफोर्नियाबासी निक्कि कार्किको साथमा ‘तिरिमिरि नाइट २०१६’ भव्यरुपले आयोजना हुने भएको छ ।
क्यान्सर पिडित मनीषा सांवोको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यहि अगष्ट १३, २०१६ को दिन हुन गैरहेको ‘तिरिमिरी नाइट २०१६’ बाट खर्च कटाएर वैनी मनीषा सांवोको उपचारका लागी केहि रकम प्रदान गर्ने प्रतिबद्धता ‘तिरिमिरी नाइट’ टिमको रहेको छ । कार्यक्रममा नेपिन्ड़ो फिउजन ग्रुपको धमाकेदार नृत्य प्रस्तुति रहने कुरा कार्यक्रमका आयोजक सन्जिब पराजुलीले हामीसंगको कुराकानीमा बताए ।

स्वच्छ मनले सामाजिक तथा मानविय कल्याणका निमित्त गरिने उक्त कार्यक्रमको यतिबेला सम्पूर्ण तयारि पुरा भएको जानकारी पनि पराजुलीले हामीलाई दिए । tirrimiri night

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु