सिद्धेश्वरमा एक्सन

म्यूजिक खबर
प्रकाशित: २२ मंसिर २०७१, सोमबार

काठमाडौं । समाजमा हुने विविध खाले विकृतिहरुको विरुद्ध बुलन्द आवाज एक्सनप्रधान चलचित्र ‘एक्सन’को सिद्धेश्वर महादेव मन्दिर कपनमा सोमबार शुभमुहूर्त कार्य सम्पन्न भयो । राजु अर्यालले निर्देशन गर्ने चलचित्र ‘एक्सन’ चिरायु फिल्मस् प्रा.लि.को ब्यानरमा दीपेन्द्र कोइराला र शर्मिला तामाङ (गुरुङ)ले मिलेर निर्माण गर्न लागेका हुन् ।
शिव श्रेष्ठ, प्रमोददीप, दिनेश घिमिरे, रक्षा गुरागाईं, विकास थापा, राज थपलिया, कसम गुरुङ, राज गजमेर, आदिको अभिनय रहेको छ । चलचित्रमा सानुकुमार महर्जनको द्वन्द्व, प्रलाद बोगटीको संगीत, गोविन्द प्रभातको नत्य रहने छ । ‘एक्सन’को छायांकन मंसिर २५ गतेबाट उपत्यकाभित्रैबाट शुरु हुने निर्माण पक्षले कार्यक्रममा जानकारी गराएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु