सिसिएनको आयोजनामा पहिलो ‘एलजी फिल्म अवार्ड’ भाद्र २२ हुने

म्यूजिक खबर
प्रकाशित: ६ भाद्र २०७३, सोमबार

dc-award-trophy (1)

नेपाली चलचित्र क्षेत्रमा ठूलो संख्यामा चलचित्रकर्मीहरु पर्दा पछाडि काम गर्छन् । चलचित्र क्षेत्रको उत्थानका लागि पर्दामा नदेखिने ती व्यक्तिहरुको ठूलै योगदान रहेको छ । पर्दा पछाडि काम गर्ने भएकैले उनीहरुले हालसम्म उचित रुपमा पुरस्कार अथवा प्रोत्साहन नपाएको गुनासो सुनिन्छ ।

यही विषयलाई मध्यनगर गर्दै नेपाली चलचित्रका प्राविधिकहरुलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गर्न सिनेमा सर्कल नेपाल (सिसिएन) ले भदौ २२ गते नेपालमै पहिलो पटक ‘एलजी फिल्म एवार्ड’ आयोजना गर्ने घोषणा गरेको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एवार्डका अध्यक्ष दिनेश डिसीले एवार्ड वितरण समारोहमा भारतीय चलचित्र कलाकार तथा सांसद शत्रुघन सिन्हा विशेष अतिथिको रुपमा सहभागि हुने जानकारी गराएका छन् ।

lG-award

एवार्डमा बेस्ट पोष्टर अफ द इयर, बेस्ट ट्रेलर अफ द इयर, बेस्ट स्टन्ट अफ द इयर, बेस्ट भिएफएक्स अफ द इयर, मोस्ट पपुलर एक्टर महिला तथा पुरुष, मोस्ट पपुलर सङ अफ द इयर, बेस्ट अन–स्क्रिन कपल अफ द इयरसहित विभिन्न २२ विधामा एवार्ड वितरण गरिनेछ ।

निम्न २२ बिधाका विच अवार्ड समापन हुनेछ ।

press-meet-lg-award

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु