सुनीताले ल्याइन् “समर्पण”

म्यूजिक खबर
प्रकाशित: १५ मंसिर २०७२, मंगलवार

खोटाङ जिल्लाको माक्पा गाविस ३ बेब्लामा जन्मिएकी उदीयमान गायिका सुनीता राईको गीति एल्बम समर्पण हालै काग तिहारको दिन सार्वजनिक गरिएको छ । एल्बमलाई पत्रकार महासँघका सभापति डा. महेन्द्र विष्ट, प्राज्ञ शान्तिराम राई लगाएतले सार्वजनिक गरेका हुन् ।
सानैदेखी गीतगाउने रुची भएपनि घरको प्रतिकूल परिस्थितिका कारण सँगीत क्षेत्रमा आउन ढीलाई भएको स्वीकार्दै गायिका सुनीता राईले बाँकी जीवन गीत सँगीतमै समर्पित गर्ने सो अवसरमा बताएकी छिन् ।
सानैमा बुबाको निधन पछि घरको लथालिँग आर्थिक अवस्थाका कारण चाहेर पनि सँगीत क्षेत्रमा आउन नसकेको पीडा एकातिर थियो भने केही आर्थिक कमाई गरेर दिदिलाई सँगीत क्षेत्रमा लाग्न सघाउँछु भन्ने आफ्नो भाई खुशीमान राईको गत साल मात्र बैदेशिक रोजगारीको शिलशिलामा मलेशिया पुगेका बेला दु;खद निधनका कारण झनै हतोत्साही भईन् । उनी भन्छिन् –“दिदिलाई सफल गायिका बनेको देख्न चाहने भाईको सपना पुरा गर्न पनि म यो क्षेत्रमा अब डटेर लाग्ने छु । गायनमा म सफल भएँ भने मेरो भाईको आत्माले पनि शान्ति पाउने छ ।” गायिका सुनीता राईलाई सँगीतको खासै ज्ञान त छैन तर सँगीतकार शान्तिराम राईबाट हाल सँगीतको सरगम पनि सिकीरहेकी छिन् ।

sunita rai (1)
एल्बममा ५ वटा गीत समेटीएको छ । जसका गीतकारहरुमा बुद्धवीर लामा, प्रेम राई, इन्द्र राई, टंक भट्टराईको शब्द रचना रहेको छ । सङ्गीत पुरै एल्बममा शान्तिराम राईले दिएको छ । सङ्गीतकार शान्तिराम राईको एकल सङ्गीत रहेको यो २५ औं एल्बम हो । यस एल्बममा रहेको एक गीतको म्यूजिक भिडीयो यस अघि नै टेलिभिजनहरुबाट र यु ट्युवमा सार्वजनिक भै सकेको छ ।

sunita rai (3) sunita rai (2)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु