सुरुमा सवैलाई गाह्रो नै हुन्छः भूमिका गिरी

म्यूजिक खबर
प्रकाशित: ३ फाल्गुन २०७२, सोमबार

दाङमा जन्मेर काठमान्डौँलाई कर्मथलो बनाउँदै आएकी गायिका भूमिका गिरी यतिबेला लोकदोहोरीको क्षेत्रमा चिनिने नाम हो । उनी वाल्यकालदेखि नै कलाकारिता क्षेत्रलाई अति मन पराउँथिन, उनको सोच एउटा एल्वम निकाल्न पाए कलाकार वन्न सक्थेँ कि ? भन्ने सोचमा संघर्ष गरिरहेकी गायिका गिरी आर्थिक अभावका कारण पछि परेको बताउँछिन् । भूईको धुलोमा हिड्ने मान्छेले महलको सपना देखेर कहाँ हुन्छ भन्ने सोच एकातिर मनमा लिएर हिंड्ने गरेकी गायिका अर्कोतिर ‘जहाँ समस्या त्यहाँ उपाए’ भन्दै अघि बढेको बताउँछिन् । उनीले अहिले ६ ओटा गीत रेकड गरिसकेकी छिन् । उनलाई सिम्पल गायिकाको रुपमा चिन्न सकिन्छ । उनका गीत सुन्ने श्रोताहरु र भिजुयल हेर्ने श्रोताहरु उनलाई फेसनमा हेरे भने भुमिका गिरी हैन कि जस्तो मान्छन् ।

हालसम्म कतिवटा गीति एल्वम निकाल्नु भयो ?
मैले वजारमा ल्याईसकेको एल्वम जम्मा ६ वटा हुन्छ । पहिलोे यल्वम ‘लौका चाख्ने मौका देउ ’हो जसमा स्वर बिक्रम थापा र मेरै स्वर रहेको छ त्यसैगरि सगिंत÷ शव्द शिब हमालको रहेको छ । गीत गर्दै जाने क्रममा अरु गीतको तुलनामा तिउन मिठो बनायो चुकैले निकै चर्चित छ । रामजी खाडको लय, स्वर हो भने स्वर मेरो अनि शब्द सुजन लम्सालको रहेको छ ।

सुरुमा स्टुडियो जाँदा कस्तो लाग्थ्यो ?
एकातिर खुसी थियो भने एकातिर डर सुरुमा स्टुडियो पुगेर गाउँन साह्रै गाह्रो भयो गाउँन जाँदा मलाई धेरै डर लाग्थ्यो,। सुरुमा सवैलाई गाह्रो नै हुन्छ ।

आफ्नो लगानी कति लाग्यो ?
लगानी सुरुमा पचासी हजारसम्म पुग्यो । त्यो लगानी मैले दिन रात नभनि कमाएको मेरो एक्लो लगानी हो । खर्च भए पनि मलाई एक पैसा गएको जस्तो लागेन किन की जति लगानी लागे पनि म यल्वम निकल्न चाहन्थे । सुरुमा केही पनि थाहा थिएन अरुकै भरमा एल्वम गरेको हो ।

कलाकार वन्न कत्तिको संघर्ष गर्नु भयो ?
जव कालाकार वन्नलाई काठमान्डौँ झरेँ निकै संघर्ष गरेँ । सवै भन्दा पहिले आर्थिकको समस्या भोग्नु प¥यो । मलाई यल्वम निकाल्न चाहना भएकोले रुदैँ काम गर्न पनि पछि परिन । त्यो रुदैँ काम गरेको क्षण पनि मेरोे लागि दुःख भएन । पहिलो यल्वम निक्लेपछि सवै कुरा थाहा भयो । अहिले अलि सजिलो भएको छ ।

तपाईको गीत कुन स्थानलाई लक्षित गरेर निकाल्नु भएको हो र हाल खास गरि कुन –कुन ठाँउमा चलेको छ ?
सुरुको गीत रोइला भएकोले धौलागिरी र गण्डगी क्षेत्रमा निकै बज्यो ती ठाउँमा त नचल्ने कुरै भएन । पूर्व पश्चिमका गाडिहरुमा निकै वज्ने गर्दछ । गीत स्थान विशेष भएको छैन् । जहाँ वज्छ त्यहा नै चल्छ ।

गीत चल्नुमा कसैको भुमिका हुन्छ कि हुदैँन ?
गीत आफैमा पनि राम्रो बन्नु पर्छ । गीत चलाउनमा मिडिया नै चाहिन्छ मिडियाले साथ दिएन भने गीत निकालेर कुनै काम छैन हजारौँ गीत आउँछन् तर केही मात्रले वजार लिन्छ ।

गीत संगीतमा लाग्नका लागि पे्ररण कसले दियो ?
सर्पोट गर्नेहरु धेरै हुनुहुन्छ । मलाई मेरो आमाले नै साथ सहयोग गर्नु भयो ।
कुनै दिनको सम्झना छ ? दुःख पाएको छ, राती जागिर गर्दा कोठा जादा ढोका बन्द भएकोले चिसोमा रात बिताउनु परेको क्षन कहिले पनि भुल्न सक्दिन ।

गीत गाउने क्रममा कहाँसम्म पुग्नुभयो ?
गीत गाउँन भनेर म रुकुम, सल्यान, दाङ, सुर्खेत, वर्दिया, सिन्दुली कैलाली, नवलपरासी आदि ठाउँमा गएको छु ।

सांगेतिक क्षेत्रमा भविष्य छ ?
भविष्य संगीतमा छ । अहिले बजार खस्कियको छ यहि गीत सङगीत बाटै केहि ब्याक्ती गाडी चढने भएका छन ।

भविष्यको योजना के छ ?
अव १ वटा गीत छिट्टै वजारमा आउँदै छ् । ‘आयो नेपाली गीत गाउने आयो ’मिलन लामा को रुवर शब्द र संगीतमा । खास गरि लोक प्रिय गायिका हुने सपना वुनेकी छु र अमाको सपना पुरा गर्ने सोच छ ।
प्रस्तुतिः वीरेन्द्र वली

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु