सुरु भयो सिनेमा क्लब

म्यूजिक खबर
प्रकाशित: ९ माघ २०७०, बिहीबार

सुरु भयो सिनेमा क्लब
काठमाडौं, ८ माघ । नेपाल चलचित्र निर्देशक समाजले सिनेमा क्लबलाई पुनः संचालनमा ल्याएको छ । यसअघि विभिन्न व्यक्तिहरु अध्यक्ष रहेका बेलामा पनि संचालन गरिरहिएको सिनेमा क्लब केही समयसम्म स्थगन थियो । अहिले आएको कार्यसमितिले पुनः यसलाई संचालनमा ल्याएको हो । साताका प्रत्येक शुक्रबार खासगरी चलचित्र निर्देशकहरूलाई समाजका आफ्नै कार्यलय डिल्लीबजारमा एउटा चलचित्र देखाउने उद्देश्यका साथ सिनेमा क्लबलाई संचालनमा ल्याइएको हो ।
निर्देशक समाजले पुनः सुरू गरेका सिनेमा क्लबका उद्घाटन संचारमन्त्री माधव पौडेलले गरे । सिनेमा क्लबले चलचित्र क्षेत्रको विकासमा योगदान पु¥याउने विश्वाससमेत संचारमन्त्रीले गरेका छन् । साथसाथै उनले यो सरकारले चलचित्र नीतिका मस्यौदालाई अन्तिम रूप दिन लागेको पनि सोही अवसरमा बताए । नयाँ सरकारले मस्यौदालाई संसदमा लगेर पास गराउने विश्वास पनि उनले गरे ।
चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले सभापतिका आसनबाट बोल्दै सिनेमा क्लबमा नेपाली चलचित्रहरू मात्रै नभएर विदेशी भाषामा बनेका उत्कृष्ट चलचित्रहरू पनि देखाइने उनले बताए । अन्तर्राष्ट्रिय चलचित्रको निर्माण प्रक्रियालाई पनि निर्देशकहरूले जान्नु पर्ने र त्यसका लागि बौद्धिक क्षमताको बृद्धि गर्न पनि सिनेमा क्लब सिद्ध हुने डिसीले बताए । सोही अवसरमा वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा एवं उज्ज्वल घिमिरेले पनि सिनेमा क्लबका चौतित्यमाथि आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु