सृष्टि चन्दको शिरैमा शिरफूल

म्यूजिक खबर
प्रकाशित: २१ श्रावण २०७३, शुक्रबार

काठमाडौं । गायिका सृष्टि चन्दको तिजको गीत ‘शिरैमा शिरफूल’ यतिबेला बजारमा चर्चा बटुल्ने क्रममा छ । गोल्डेन क्रियशनको प्रस्तुतिमा बजारमा आएको शिरैमा शिरफूलले गाउँको पुरानो संस्कृतिलाई एकचोटी सम्झाउने प्रयास गरेको छ ।

संगीतकार सन्तोष श्रेष्ठको शब्द र संगीतमा रहेको यस गीतले गाउँको मौलिक भाकालाई समात्ने प्रयास गरेको छ । बुद्ध सायमीको संगीत संयोजन रहेको यस गीतमा गायिका सृष्टि चन्द यमुनाको स्वर रहेको छ । यस गीतको म्यूजिक भिडियोलाई नारायण रिजालले निर्देशन गरेका छन् भने विपिन भाट ‘विपिन’को छायाँकन एवं सम्पादन रहेको छ । यस गीतमा हेमा ढुंगेलको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु