सेन्सर बोर्डले ‘पिजि’ सर्टिफिकेट दियो रामप्यारीलाई, बालबालिकाले अभिभावकको साथमा हेर्नुपर्ने

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७२, मंगलवार

 काठमाडौं । नायिका रेखा थापाको चलचित्र ‘रामप्यारी’ यहि आउँदो चैत २६ गतेबाट प्रदर्शनमा आउन लागेको छ । आफ्नो चलचित्र प्रर्दशनको संघारमा केहि न केहि प्रपोगाण्डा मच्चाई हाल्ने नायिका थापाको यस चलचित्रलाई भने स्वयम् सेन्सर बोर्डले नै उनको चलचित्र हेर्न आभिभावक चाहिने बताएको छ । चलचित्र ‘रामप्यारी’ले भर्खरै ‘पिजि’ सर्टिफिकेट पाएको छ । सर्टिफिकेट पाएर सेन्सर पास भएसँगै रेखा थापाले खुसी व्यक्त पनि गरेकी छिन् । सेन्सर बोर्डले रामप्यारीलाई ‘पिजि’ सर्टिफिकेट दिँदै चलचित्रमा रेखा थापाको एक्सनलाई बालबालिकाहरुले एक्लै हेर्न नसक्ने भन्दै अभिभावक चाहिने बताएको छ ।बोर्डले बालबालिकाहरुको साथमा अभिभावक हुनुपर्ने बताएको छ । अभिनेत्री रेखा थापाले रामप्यारी सेन्सर पास भएकोमा खुसी भएको प्रतिक्रिया दिएकी छिन् ।

rekha-aavash-and-aasma

‘राम प्यारी’ मा रेखासँगै नायक सविन श्रेष्ठ, नायिका आश्मा डिसी र नव नायक आभाष अधिकारीको मुख्य भूमिका रहेको छ । जगदिश्वर थापाको लेखन रहेको चलचित्रमा शिव ढकालको छायाँकन, रोशन श्रेष्ठको द्धन्द निर्देशन अनि रामजी लामिछानको कोरियोग्राफी रहेको छ । काली, हिम्मतवाली जस्ता सफल चलचित्र प्रर्दशन गरेकी थापाको यस चलचित्र पनि सफल हुने अपेक्षा गरिएको छ ।

rampyari-nepali-movie

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु