सेलोको निर्वाचन नाटक

म्यूजिक खबर
प्रकाशित: १ मंसिर २०७०, शनिबार

काठमाडौ– दोस्रो संविधान सभाको निर्वाचन नजिकिंदै गर्दा रंगकर्मीहरु पनि नाटकमार्फत देशभर निर्वाचन सचेतना सन्देश बा“डिरहेका छन् । भर्खरै तामाङ संस्कृति र जीवनका समस्याहरुमाथि बनेको नाटक ‘म्हेन्दोमाया’ मंचन गरेको सेलो थिएटर र शान्ति फाउन्डेशनका कलाकारले निर्वाचन नाटक ‘छोड्नै नहुने मौका’ लिएर काभ्रे, धादिङ र सिन्धुपाल्चोकको गाउ“–बस्ती डुलेका छन् ।
डा. अभि सुवेदी लिखित नाटकमा आ–आफ्नो सांस्कृतिक परिवेश अनुसार सुत्रधार प्रवेश हुन्छ । सडक नाटक शैलीको प्रस्तुतिमा उनीहरुले नेपालको इतिहासमै कहिल्यै छुट्टाउन नहुने मौकाको रुपमा निर्वाचनलाई व्याख्या गर्छ । सेलो थिएटरले सुत्रधारलाई झा“क्री पात्र र गाउ“घरमा कथा सुनाउ“दै हि“ड्ने बुढि आमैको रुपमा उभ्याएको थियो । यसपछि नाटकमा प्रवेश हुने पात्रहरुले निर्वाचन हु“दा र नहु“दाको फाइदा÷वेफाइदा केलाउ“दै अघिल्लो संविधान सभाको निर्वाचनको समेत समिक्षा गर्छ । अन्तिममा सबै पात्रहरु निर्वाचन नै मुलुकको भविष्य निर्धारण गर्ने एकमात्र अवसर भन्ने निचोडमा पुग्छन् ।
‘सुत्रधारलाई स्थानिय समाजकै पात्रको रुपमा ढाल्दा सन्देश झन बलियो हु“दोरहेछ’ सेलो थिएटरकी संयोजक शान्ति वाइवाले भनिन्, ‘सबैतिरबाट सकारात्मक प्रतिक्रिया र प्रसंशा पायौं ।’ उनका अनुसार सेलोले काभ्रेको बनेपा, पनौती, धुलिखेल, भकुण्डे, पांचखाल, तामाघाट, बल्थली, कुशादेवी, सांगा, मंगलटार, माम्दी लगायतको थलोसंगै धादिङका राजमार्ग र धादिङबेसीको विभिन्न थलोमा नाटक मंचन गरेको हो । नाटकमा शान्तिसंगै सन्तोष तामाङ, सुनिता लामा, विजय लामा, निमा लामा, अविसन लामा लगायतले अभिनय गरेका थिए ।
त्यस्तै शान्ति फाउन्डेशनले भने सिन्धुपाल्चोकको मेलम्ची, ढा“टखोला, चौतारा, खाडीचौर, बाउन्नेपाटी, सिन्धुखोला, जल्किनी लगायतको थलोमा नाटक मंचन गरेको बताइएको छ । ‘गाउ“मा चुनावको त्यसै पनि बढिरहेको बेला नाटकले झन उत्साह थप्ने काम गर्ने रहेछ’ फाउन्डेशनका स्थानिय संयोजक जगत तामाङले भने । नाटकमा दिलमाया तामाङ, सन्तोष गुरुङ, विरबहादुर लामा, अन्जना गुरुङ, उदय लामा, शर्मिला लामा लगायतले अभियन गरेका थिए । नाटक वल्र्ड भ्युमार्फत लोक संचार थिएटरको संयोजनमा भएको जगतले जनाए । यही नाटक लोक संचारमार्फत विभिन्न २० वटा जिल्लामा मंचन भइरहेको लोक संचारका निर्देशक तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राज्ञ रमेश रन्जन झाले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु