सोचेभन्दा सुन्दर ‘स्वप्न वाटिका’: बराल

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७२, आईतवार

चर्चित गीतकार डा.कृष्णहरि बरालले गीतसंगीतको क्षेत्रमा वास्तवमै सोचेभन्दा सुन्दर ‘स्वप्न वाटिका’ भएको उल्लेख गरे । डा.नवि अधिकारी ‘टाकिन्द्र’को पहिलो एल्बम ‘स्वप्न वाटिका’ सार्वजनिक कार्यक्रममा बरालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
गोल्डेन क्रियशनको आयोजनामा राजधानीमा भएको ‘स्वप्न वाटिका’ एल्बम विमोचन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका डा.बरालको हातबाट उक्त ‘स्वप्न वाटिका’ एल्बमको सर्वाजनिक गरिएको थियो । संगीतकार सन्तोष श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संगीतकार शक्ति वल्लभ, सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, गीतकार संघका उपाध्यक्ष विपिन किरण, गायक शिशिर योगी, साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय, गीतकार नृपध्वज खड्का, गायक मनोजराज, संगीतकार अविदलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै गीतकार डा. नवि अधिकारीले ‘स्वप्न वाटिका’ लेखन र निर्माणको क्षणहरुलाई उजागर गरे । उनले आफ्नो आमाको प्रभावबाट गीतिलेखनमा लागेको बताउँदै आफ्नी जीवनसंगीनी डा. मन्दिरा अधिकारीको साथले ‘स्वप्न वाटिका’ निर्माण भएको बताएका थिए । आमालाई सम्झिएर भावुक बन्दै गीतकार डा.अधिकारीले सबै सपना विपना हुँदैन र सबै विपना सपना पनि हुँदैन भनेका थिए । त्यही सपना र विपनाभित्रका पाटाहरु केलाउँदै जाँदा ‘स्वप्न वाटिका’ तयार भएको हो डा. अधिकारीले बताए ।

Swapna-Batika

त्यस्तै शुभकामना मन्तव्य दिने क्रममा संगीतकार शक्ति वल्लभले गीतकार डा. नवि अधिकारी परिपक्व गीतकारको रुपमा रहेको बताए । पहिलोचोटी एल्बम निकाल्न आएका गीतकार यति राम्रो गीत लेख्न सक्ने छन् भन्ने मैले सोचकै थिइनँ, बल्लभले भने । उहाँका गीतका पंक्तिले नै संगीत आफैं बोकेको उल्लेख गर्दै समग्रमा ‘स्वप्न वाटिका’ एउटा उत्कृष्ट एल्बम बन्न सफल भएको बताए ।
त्यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले आफू साहित्यबाट बिग्रिएर पत्रकार बनेको स्मरण गर्दै वास्तवमै गीतिलेखनमा लाग्नुभएका डा. नवि अधिकारीले आत्मसन्तुष्टिका लागि भए पनि ‘स्वप्न वाटिका’ ल्याउनुभएकोमा सफलताको शुभकामना दिए । उनले यतिबेला रहर पूरा गर्न मात्र एल्बम निकाल्ने गरिएको र वास्तविकतामा गीतिसंगीत बिक्री हुन छाडेको अवस्थामा प्रतिफलको आशा नगरी लगानी गर्नुपर्ने वातावरण अहिले भएको प्रष्ट पारे ।

Swapna-Batika8
त्यसैगरी प्रमुख अतिथिसमेत रहेका गीतकार डा. कृष्णहरि बरालले गीतका प्रत्येक लाइनले गीतकारको अनुभवलाई, अध्ययनलाई प्रष्ट पारेको बताए । गीतका केस्रा केस्रा केलाउँदै डा. बरालले गीतकार डा. नविका लेखनले उनको मार्गचित्र कोरेको बताए । साहित्यभित्र डुबेर विम्व, प्रतिविम्वलाई राम्रोसँग प्रयोग गर्न सफल रहेको उल्लेख गर्दै ‘स्वप्न वाटिका’ वास्तवमै सोचेभन्दा सुन्दर भएको बताएका थिए । त्यस्तै संगीतकार सन्तोष श्रेष्ठले डा. नवि अधिकारी वास्तवमै सफल गीतकार हुन् । यहाँ धेरै गीत लेख्नेहरु छन् तीमध्ये एक सफल गीतकार डा. अधिकारीलाई मैले लिन्छु भन्दै श्रेष्ठले गीतकार डा. अधिकारीको शब्द शब्दले आफूलाई छोएको बताए । कार्यक्रमलाई सरल र मनोरञ्जक रुपमा संचारकर्मी राजेन्द्र वानियाँले संचालन गरेका थिए ।

Swapna-Batika11
‘स्वप्न वाटिका’ भित्र डा. नवि अधिकारी ‘टाकिन्द्र’को एकल रचना रहेको छ भने डा. मन्दिरा अधिकारी यस एल्बमको प्रस्तुतकर्ताको रुपमा रहेकी छन् । गोल्डेन क्रियशनले बजार प्रबद्र्धन गरेको यस एल्बमभित्र संगीतकार सन्तोष श्रेष्ठ, शक्ति बल्लभ, अविदको संगीत रहेको छ भने अन्जु पन्त, मनोजराज, राजेशपायल राई, शिशिर योगीको स्वर समावेश गरिएको छ । सोचेभन्दा सुन्दर जीवन, हिजो माया, अलि माला, खोजी गर्दा, कुन मायाको, मैले के के विराम गरेँ जस्ता ८ वटा गीत समावेश गरिएको छ ।

Swapna-Batika9 Swapna-Batika6 Swapna-Batika17 Swapna-Batika16 Swapna-Batika15 Swapna-Batika14 Swapna-Batika13 Swapna-Batika12 Swapna-Batika10

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु