सोहन घिमिरे ल्याए ‘लण्डन आइमा सेल्फी’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २४ आश्विन २०७४, मंगलवार

असोज २४, काठमाडौं । डा.सोहन घिमिरे विदेशी भुमी युु.के.को एवर्डिनमा प्राविधिक पेशामा आवद्ध रहेता पनि नेपाली संस्कृति र गीत संगीत क्षेत्रप्रतिमा समेत उतिकै लगाव र क्रियाशिल रहँदै आएका छन् ।

 

पछिल्लो समय गायन संगीत तथा गीति लेखन सबै विधामा हात हालेका डा. सोहन घिमिरेको आफ्नै शब्द, संगीत तथा स्वरमा रहेको गीत ‘लण्डन आइमा सेल्फी’ सार्वजनिक भएको छ ।

गीतमा विदेशी भुमिमा नेपाली मायालुसँगको भेट र पुरानो माया प्रेमको चर्चा गर्दै सम्झना दिलाएका छन् । गीतको म्यूजिक भिडियो दिपेश रेग्मीले निर्देशन गरेका हुन् भने कुशल श्रेष्ठको छायांकन तथा सम्पादन रहेको छ ।

 

बेलायतको मुख्य आकर्षक स्थान लण्डन आइकै वरिपरी छायांकन गरिएको गीतमा विशाल ढकाल र प्रियंका रेग्मीको अभिनय रहेको छ ।

 

यसअघि नै घिमिरेका तीनजुरेको डाँडा, यो साँझ लगायतका गीतहरु सार्वजनिक भइसकेका छन् । डा. घिमिरे बेलायतको एवर्डिनमा प्राविधिक पेशामा आवद्ध रहेपनि पछिल्लो समय उनले नेपाली गीत र संगीत क्षेत्रप्रतिको लगाव र क्रियाशीलता देखाउँदै आएका छन् ।

हेर्नुहोस् लण्डन आइमा सेल्फीको भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु