सौगात भए विश्वको कान्छा निर्देशक

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७१, शनिबार

काठमाडौं । नेपाली चलचित्र उद्योगका निर्देशक सौगात विष्ट विश्वको कान्छो निर्देशकका रुपमा नाम राख्न सफल भएका छन् । विष्टले नेपाली कथानक चलचित्र लभ यू बाबाको निर्देशन गरेर विश्वको कान्छो निर्देशकका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल भएका हुन् । शुक्रबार एक कार्यक्रमको आयोजना गिनिज बुक अफ वल्र्ड रेकर्डस्को प्रमाणपत्र संचारमन्त्री मिनेन्द्र रिजालको हातबाट प्रदान गरिएको छ ।
विष्टले प्रमाणपत्र पाएपछि बोल्दै आफूले निकै मेहनत गरेर चलचित्र निर्देशन गरेको दिन जति निकै चुनौति भए पनि आज आफू निकै खुशी भएको बताएका थिए । विश्वको कान्छो निर्देशकका रुपमा आफूले नाम लेखाउन सफल भएकोमा आफ्नो बाबु गजित विष्ट, काका गम्भिर विष्ट, आमा सम्झना पोखरेल लगायत सम्पूर्ण चलचित्रका टिमलाई धन्यवाद दिँदै सौगातले लभ यू बाबा एकचोटी हेरिदिन आग्रह गरेका थिए ।
त्यस्तै नेपाल सरकारका सूचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले नेपाली चलचित्र उद्योगबाट सौगात विष्टले विश्वको कान्छो निर्देशकका रुपमा नाम लेखाउन सफल भएकोमा उनलाई बधाई दिँदै सरकारका तर्पmबाट गर्नुपर्ने काम आफूले गरिदिने बताएका थिए । सरकारले उनको निम्ती गर्नुपर्ने कुनै पनि कार्य बाँकी नराख्ने बताउँदै मन्त्री रिजालले गर्नुपर्ने काम लिएर आउन अनुरोध समेत गरे ।
कार्यक्रममा बोल्दै चलचित्र पत्रकारका अध्यक्ष शान्तिप्रियले निर्देशक विष्टको बारेमा बोलेका थिए । उनले निर्देशक विष्ट कसैले नपत्याउने खालको भएको उनको चरित्र वास्तवमै ठूला निर्देशकको जस्तै भएको बताएका थिए । उक्त अवसरमा निर्देशक विष्टले चलचित्र निर्देशनका अवस्थामा गरेका कामको केही फुटेज देखाइएको थियो ।

saugat yongest director saugat is  world of yongest director saugat bista world of records

http://www.guinnessworldrecords.com/search?term=saugat+bista+of+nepal&page=1&max=20

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु