सौगात र प्रियंका बर्षकै उत्कृष्ठ महिला पुरुष

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०७१, बिहीबार

काठमाडौं । यसै वर्ष नेपाली कथानक चलचित्र ‘लभ यू बाबा’ निर्देशन गरेर विश्व किर्तिमानी रचेका सौगात बिष्टलाई फिल्मी खबर साप्ताहिकले वर्षकै उत्कृष्ठ पुरुषका रुपमा सम्मान गरेको छ भने महिलाका रुपमा नायिका प्रियंका कार्कीलाई सम्मान गरेको छ । बिहिबार राजधानीमा आयोजित बार्षिक उत्सव कायैक्रममा बर्षका उत्कृष्ठ महिला र पुरुषका रुपमा निर्देशक बिष्ट र नायिका कार्कीलाई सम्मान गरिएको हो । नेपाली चलचित्र जगतका सम्पूर्ण खबरलाई निरन्तर प्रेसित गर्दै आएको यस साप्ताहिको बर्षगाठको अवसर पारेर पत्रिका प्रकाशनमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । चलचित्र पत्रिका निकालेर यति लामो यात्रा तय गर्ने नेपालकै पहिलो पत्रिका फिल्मी खबर साप्ताहिक भएको उल्लेख गर्दै साप्ताहिकका सम्पादक शान्ति प्रियले पत्रिका प्रकाशनको आरम्भ गर्दा यो यात्रा तय गर्न सकिएला भनेर नसोचेको बताए । पत्रिका प्रकाशनका क्रममा थुप्रै चुनौतिहरु आए पनि ति सबैलाई पन्छाएर निरन्तर कुनै हप्ता पनि नबिराई पत्रिका प्रकाशन गर्नुलाई उनले गर्वको कुरा भएको सबेत बताए । पत्रिकाले बार्षिक रुपमा कला, साहित्य र संगीतका क्षेत्रमा रहेर योगदान गरेका व्यक्तिलाई ‘डि सिने अवार्ड’ वितरण गर्दै आएको छ । आज आयोजित कार्यक्रममा अवार्ड वितरणमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई पनि सम्मान गरिएको छ । यस साप्ताहिकले अघिल्ला बर्षहरुमा बर्षका उत्कृष्ठ नायक नायिकाका रुपमा दुई जना कलाकारलाई सम्मान गर्दै आएकोमा यो वर्षबाट भने चलचित्र क्षेत्रमा काम गरेर बर्षभरी चर्चामा रहेका कलाकारलाई सम्मान गर्ने साप्ताहिकका सम्पादक शान्ति प्रियले जानकारी गराए । कार्यक्रममा बर्षकै उत्कृष्ठ महिलाका रुपमा सम्मानित भएकी नायिका कार्कीले सिने नगरिमा आएको छोटो समयमै आफूलाई विश्वास र माया गर्ने सबैलाई धन्यवाद दिएकी थिईन । उनको कामको मूल्याङकन भएकोमा खुशी व्यक्त गर्दै नायिका कार्कीले आगामी दिनका लागि आफूमा अझैं जिम्मेवारी बढेको र त्यो जिम्मेवारी पूरा गर्ने बताएकी छन् । सौगातले पनि कार्यक्रममा सम्मानित भएपछि बोल्दै सबैप्रति आभार प्रकट गरेका छन् ।

 

music

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु