स्पष्ट पारिन् अभिनेत्री रेखाले राप्रपामा प्रवेश गर्नुका कारणहरु :

म्यूजिक खबर
प्रकाशित: २७ मंसिर २०७३, सोमबार

rekha-thapa

काठमाडौं, २७ मङ्सिर । नेपालको रजत क्षेत्रमा सर्वाधिक चर्चित कलाकारको अग्र पक्तिंमा पर्दछिन् नायिका रेखा थापा । कुनै न कुनै स्क्याण्डलबाट चर्चामा आइरहने अभिनेत्री रेखा थापा करिव ६ वर्ष अघि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट टिका लाएर माओवादी पार्टी प्रवेश गर्दा उनको चर्चा चरमबिन्दुमा पुगेको थियो । अझ संविधान सभा चुनावमा माओवादी पार्टीलाई प्रचारमुखी बनाउन ‘लालुपाते नुँहियो भुईंतिर’ मा प्रचण्डसँग कम्मर मर्काएकी रेखा थापा यतिबेला राष्ट्रवादी पार्टी राप्रपामा प्रवेश गरेकी छिन् । उनले माओवादी प्रवेश गर्नु जनलहरको उपज हो भनेकी छिन् । के के कारणले राप्रपामा प्रवेश गर्नुभयो भन्ने जिज्ञासामा निम्न कारणहरु दिएर राप्रपामा प्रवेश गरेको थापाले स्पष्ट पारेकि छिन् ।

माओवादी प्रवेश :  जनलहरको उपज, अवसरवादी हैन

हिजो एउटा जनलहर थियो, एकपटक नयाँलाई मौका दिउँ न त भन्ने । नयाँ सोचलाई अवसर दिने जनलहरमा म एउटा कलाकारको नाताले माओवादीको जनलहरमा मिसिन पुगेको थिएँ । म जनताको खुसीका निम्ति, केही परिवर्तन हुन्छ कि भनेर गएको थिएँ। तपाईंहरुमा यस्तोखाले सोच या भ्रम केही होला, रेखा माओवादीको सदस्य हो । एउटा सफल कलाकार भएकाले एउटा पार्टीले स्विकार्नु स्वाभाविक हो। त्यसैले होला, मलाई चुनावको टिकट पनि दिइएको थियो। तर टिकट पाएर पनि म उमेद्वार हुन पाइन। त्यो प्राविधिक गडबडी थियो सायद, म राप्रपाको छोरी थिएँ, म राष्ट्रवादी युवती थिएँ, हिन्दु नारी थिएँ। उमेद्वार हुन नपाउनु मेरो भाग्य पो थियो कि, र म आज राष्ट्रवादी पार्टी राप्रपामा प्रवेश गर्ने मौका पाएँ । खुशी छु–आज राप्रपाको सदस्यता लिएको छु। यो नै मेरो पार्टी हो।मेरा शुभचिन्तकलाई अझै पनि भ्रम होला, रेखाले पार्टी फेरी, रेखा अवसरवादी भई। माफ गर्नुहोला, रेखा थापा कहिल्यै अवसरवादी छैन।

अकस्मात होइन, चार वर्ष सोचेर प्रवेश गर्ने निर्णय गरेको हुँ

तपाईंहरुको मानसपटलमा एक प्रकारको प्रश्नवाचक चिन्ह उब्जिरहेको होला, अकस्मात यो के भयो ? रेखा थापा एक्कासी राप्रपामा कसरी ? तपाईंहरुको मनमा उब्जिएको यो कुरा म राम्ररी अनुभूत गर्न सक्छु।नेपाली चलचित्रको इतिहास र पृष्ठभूमि हेर्दा, रेखा थापा को हो भनेर चिनाइराख्नु पर्दैन होला। आज रेखा जुन मन्चमा उपस्थित छे वा जुन पार्टीमा आवद्ध भई। किन, केका लागि भनेर उत्तर दिइरहनु नपर्ला। त्यो कुरा मेरा विगत र वर्तमानका फिल्महरुले पुष्टी गरिसकेका छन्। कहिले दुर्गा, रामप्यारी, कहिले काली बनेर पर्दामा अन्याय अत्याचारको विरुद्ध उभिइसकेको छु। मेरा दर्शक, मेरा शुभचिन्तकजब म समाजसेवाका लागि कुनै दुर्गम, सहर जतासुकै जाँदा पनि हरेक जनताले ममा नेतृत्व क्षमता भएकी नायिकाको रुपमा देखेका छन्। रेखाले हाम्रो धर्मका कुरा उठाउँछे, हाम्रो रक्षा गर्न सक्छे भन्ने बुझिसकेका छन्।विचारको हिसाबले फरक भएको हो कि भन्ने प्रश्न उब्जिएको होला। रेखा थापा किन राप्रपामारुम विगत चार वर्षदेखि गहिरो अध्ययनमा थिएँ। राजनीतिलाई म नजिकबाट बुझिरहेको थिएँ।म एउटा हिन्दु नारी हुँ, राष्ट्रवादी केटी हुँ। जब जब धर्तीमा अत्याचार बढ्छ, तब रक्षाका निम्ति काली, दुर्गाको रुप धारण गरेर भगवानको वास हुन्छ रे। आज हामीलाई यही कुराको खाँचो छ।म गर्वका साथ भन्न सक्छु, राप्रपा नेपाल नै मेरो घर थियो। यो नै मेरो विचारसँग सहमत हुने पार्टी थियो।

धर्मको संरक्षण राप्रपामा भएकाले प्रवेश गरें

राजनीतिलाई म नजिकबाट बुझिरहेको थिएँ।म एउटा हिन्दु नारी हुँ, राष्ट्रवादी केटी हुँ। जब जब धर्तीमा अत्याचार बढ्छ, तब रक्षाका निम्ति काली, दुर्गाको रुप धारण गरेर भगवानको वास हुन्छ रे। आज हामीलाई यही कुराको खाँचो छ।म गर्वका साथ भन्न सक्छु, राप्रपा नेपाल नै मेरो घर थियो। यो नै मेरो विचारसँग सहमत हुने पार्टी थियो। आज म निकै गौरवान्वित छु।म हिजो हिन्दु नारी, हिजो मन्दिर जाँदा पूजारीले भन्नुहुन्थ्यो, ‘ए तपाईं नि मन्दिर आउनुभएकोरु’म बुझ्दिनथेँ, आज बुझ्दैछु। शालिनदीमा जन्मदिन मनाउँछु। अगरबत्तीबाट मेरो बिहानी सुरु हुन्छ । देश विदेश घुमेपनि मेरो संस्कार छोड्नुभएन नि। धर्म मेरो रगतमा छ। मेरो धर्मको संरक्षण यो पार्टीमा भएकाले म यहाँ छु।मलाई लाग्छ, तपाईंहरु सबैजना राष्ट्रियताको पक्षमा हुनुहुन्छ, जुनसुकै झन्डाको मुनि भएपनि। यो देश रेखा थापा, कमल थापा या अन्य नेताको मात्र होइन, पितापुर्खाले संरक्षण राखेको देशको रक्षा गर्नु हामी सबैको कर्तव्य हो।साउनमा हरियो चुरा लगाएर, तीजमा दिदीबहिनीको बीचमा नाचेर, दशैं, तिहारमा सद्भाव बाँड्ने नारी हुँ। यसको सम्मान राप्रपामा देखेँ, त्यसैले यो पार्टीमा छु।

योग्य र दुरदर्शी नेता भएका कारण पनि

योग्य र दुरदर्शी नेता भएका कारण पनि मलाई राप्रपा नेपालले आकर्षित गरेको हो। जतिबेला मैले राजनीतिमा चासो राख्न थालेँ, फिल्मी भाषामा भन्दा कमल थापाको ग्रेट फ्यान थिएँ। फिल्मी भाषामा भन्दा उहाँ हिम्मतवाला हुनुहुन्छ। उहाँको एक्लो प्रयासले पार्टी यहाँसम्म आइपुगेको हो। यो भन्दा अगाडि हामी तपाईंहरुको साथमा छौं।

राष्ट्रियता र हिन्दु धर्मका लागि लडिरहन्छु

म राष्ट्रको विपरित गएर कुनै पनि सम्झौता गर्न सक्दिनँ। म राष्ट्रियताका लागि र हिन्दु धर्मका लागि लडिरहन्छु।म मेरा शुभचिन्तक, दर्शकको शुभेच्छालाई नकार्न सक्दिनँ। मेरा लाखौं फ्यानले राष्ट्रको पक्षमा उभिनुपर्छ भन्ने सुझावलाई मध्यनजर गर्दै अगाडि बढिरहेको छु। अहिले देशको आवश्यकता तपाईंहरुलाई थाहै होला। त्यसैले म राप्रपा आएको हुँ।म राप्रपा किन प्रवेश गरेँ भन्नेमा तपाईंहरु कुनै लोभ मोह या यस्तै अरु केही पाएर आएको होला भन्ने सोचिरहनुभएको होला। म कुनै लोभमोहका कारण राप्रपा प्रवेश गरेको होइन। मेरो आफ्नै आत्माको निर्णयले आत्मसन्तुष्टीका लागि पार्टी प्रवेश गरेको हुँ।तपाईंहरुलाई थाहै होला, म धर्मकासंस्कृतिका प्रत्येक चालचलन मानिरहेको हुन्छु। आगामी दिनमा राष्ट्रियता र हिन्दु धर्मका लागि लडिरहने छु । म अब जति योगदान दिन सक्छु, त्यो सबै यही पार्टीका लागि दिनेछु।

राप्रपाको झन्डा ओढेर मर्न चाहन्छु
म कर्मनिष्ठ युवती हुँ । राप्रपा नै मेरो पहिलो र अन्तिम पार्टी हो। म राप्रपाको झन्डा ओढेर मर्न चाहन्छु। म १६ वर्षको थिएँ, फिल्ममा आउँदा। कति गल्ती गरेँ हुँलारु तपाईंहरुकै साथ र सहयोगले म यहाँसम्म आइपुगेको हुँ। हिजो मलाई जसरी सफल अभिनेत्री, सफल निर्माता, सफल निर्देशक बनाउनुभयो, त्यसरी नै अब पनि आलोचना गर्नुस्, हौसला दिनुस् तपाईंहरुले घच्घच्याएकै कारण म यहाँ छु। म एउटा क्षेत्रबाट अर्को क्षेत्रमा आउँदा केही गल्तीहरु अवश्य होलान् तपाईंहरुले सुधार्दै लैजानुहोला ।

rekha-thapa

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु