हलिउडका जोनी डेपलाई पत्नी कुटेपछि हजार कदम टाढा रहन अदालतको आदेश

म्यूजिक खबर
प्रकाशित: १६ जेष्ठ २०७३, आईतवार

हलिउड स्टार जोनी डेपलाई अदालतद्वारा आफ्नी श्रीमती अम्बर हर्डसँग हजार कदम टाढा रहन आदेश दिएको छ । जोनी डेपले पत्नी अम्बरलाई पिटेपछि उनी विरुद्ध उजुरी परेको थियो । आफूलाई मारपिट गरेको भन्दै यी स्टार विरुद्ध पत्नीले नै उजुरी हालेकी हुन् । शुक्रबार अदालतमा पुगेकी अम्बरको अनुहारमा चोट लागेको थियो । अम्बरले आफ्नो अनुहारमा लागेको चोट देखाउँदै पतिले मारपिट गरेको बताइन् । अम्बरको उजुरीमा फैसला गर्दै अदालतले ५२ बर्षका जोनीलाई पत्नीसँग १००० कदम टाढा रहन आदेश दिएको हो । अम्बरले अदालतमा केही तस्बिर पनि देखाएकी थिइन् । तस्बिरमा पतिले पिटेपछि बसेको घाउको निशाना देखिएको छ । जोनीले पत्नीलाई गत शनिबार पिटेका थिए । अम्बरका अनुसार उनका पति जोनीले उनलाई हानी र्पुयाउन चाहन्छन् । गतबर्षको फ्रेवुअरी महिनामा मात्र यो जोडीले विहे गरेका हुन् । अम्बरले अदालतमा विहे भएपछि अहिलेसम्मको अवधीमा जोनीले आफूलाई क्रुर तरिकाले पिट्ने गरेको बताएकी छिन् । पति जोनी ड्रक्स र मदिराको नशामा हुने गरेको पनि उनको भनाई छ ।

16052934john-deep-with-wife-768x540

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु