‘हाउसफुल ३’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

म्यूजिक खबर
प्रकाशित: १६ बैशाख २०७३, बिहीबार

Housefull-3-Movie-First-Look-Poster
बलिउड फिल्म ‘हाउसफुल’ सिरिज निकै हिट अनि कमेडि फिल्म हो । दर्शकलाई हसाउन सफल यस फिल्मको अर्काे सिरिज ‘हाउसफुल ३’को एक कार्यक्रम बिच मंगलबार ट्रेलर सार्वजनिक गरिएको छ । । चलचित्रका कलाकार अक्षय कुमार, अभिषेक बच्चन, रितेश देशमुख, जेकलीन फर्नांडिस, नरगिस फाखरी, लीजा हेडन र बोमन ईरानीले संयुक्त रुपमा मुम्बईमा आयोजित उक्त कार्यक्रममा ट्रेलर सार्वजनीक गरेका हुन् । ट्रेलरलाई ट्विटरमा पनि शेयर पनि गरिएको छ । दर्शकले ट्रेलर हेरेरै चलचित्र कस्तो छ भन्ने बुझ्न सक्छन् । हाउसफुल सीरीजको दुईवटा चलचित्र पहिले बजारमा आइसकेको छ । साजिद नाडियाडवालाको निर्माणमा बनेको सो चलचित्रको निर्देशन साजिद फरहादले गरेका हुन् । ‘हाउसफुल ३’ जुन ३ मा रिलीज हुदैँछ ।

 ट्रेलर भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु