‘हिट्स एफएम म्यूजिक अवार्ड’मा शिव र विरही उत्कृष्ट गायक !

म्यूजिक खबर
प्रकाशित: १२ माघ २०७४, शुक्रबार

लामो समय नेपाली गायन क्षेत्रमा क्षेत्रमा योगदान पु¥याउँदै आएका गायक दिप श्रेष्ठलाई लाइफटाइम एचिभमेण्ट अवार्डले सम्मानित  ।


माघ १२, काठमाडौं । ‘हिट्स एफएम म्यूजिक अवार्ड–२०७३’को २१ औं संस्करण सम्पन्न भएको छ । सर्वोत्कृष्ट गायक (सुगम संगीत) विधाको अवार्ड वर्षौं भो छोडेको बोलको गीतबाट गायक शिव परियारले उचाल्न सफल भएका छन् । त्यस्तै लोकगीत तर्फका लागि गायक विरही कार्की उत्कृष्ट ठहरिए । कार्कीले ‘आमाको तस्बिर हातैमा’ बोलको गीतबाट विजयी भएका अवार्ड आफ्नो पोल्टामा पार्न सफल भएका हुन् ।

लामो समय नेपाली गायन क्षेत्रमा क्षेत्रमा योगदान पु¥याउँदै आएका गायक दिप श्रेष्ठलाई लाइफटाइम एचिभमेण्ट अवार्डले सम्मानित गरियो ।
सुगम संगीत तर्फकै उत्कृष्ट गायक महिलाको अवार्डं गायिका बानिका प्रधानलाई प्रदान गरियो ।


यो वर्ष साहिलीं बोलको गीतले सर्वाधिक अवार्ड उचाल्न सफल भएको छ । साहिंली ४ विधामा उत्कृष्ट ठहरियो । सर्वोत्कृष्ट हेमन्त रानाको साइंली बोलको गीत अब्बल ठहरियो । त्यस्तै संगीत संयोजक तर्फको अवार्ड साईंली बोलको गीतबाट रिकेश गुरुङ लाई प्रदान गरियो । पप रक संगीत सिर्जना तर्फको अवार्ड साईंली गीतबाट नै संगीतकार कालीप्रसाद बास्कोटालाई प्रदान गरियो । सर्वोत्कृष्ट पुरुष गायक पप गायक विधाको अवार्ड साईंली गीतबाट हेमन्त रानाले उचाले । भने सर्वोकृष्ट महिला गायन पपको अवार्ड प्राप्त गर्न गायिका बर्तिका इएम राई सफल भइन् ।

सर्वोत्कृष्ट गीत रचना बर्तिका राईलाई प्रदान गरियो । तयस्तै सर्वोत्कृष्ट गीती संग्रह ‘हजार सपना’ अब्बल ठहरियो । सर्वोत्कृष्ट संगीतकारको अवार्ड ‘आज फेरि एकान्तमा’ गीतबाट हरि लम्साललाई प्रदान गरियो भने सर्वोत्कृष्ट समूह गायन तर्फका अवार्ड सत्कृतलाई प्रदान गरियो । त्यस्तै रक गायन विधामा उत्कृष्ट ठहरिए एक्सिस ।

सांगीतिक क्षेत्रमा उदाहरणिय सफल वास्तविक जोडी उदय सोताङ र मनिला सोताङलाई सर्वोत्कृष्ट युगल गायन विधाको अवार्ड प्रदान गरियो ।
सर्वोत्कृष्ट चलचित्र गीतमा चलचित्र लुट–२को ‘ठमेल बजार’ बोलको गीत उत्कृष्ट ठहरियो । सर्वोत्कृष्ट नव प्रतिभातर्फको अवार्ड समीक सापकोटालाई प्रदान गरियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु