होलीमा धमाका मच्चाउँदै आर्यन र प्रियंका

म्यूजिक खबर
प्रकाशित: २६ फाल्गुन २०७३, बिहीबार

फागुन २६, काठमाण्डौ । लेखक तथा निर्देशक ओम प्रतिकको निर्देशनमा तयार भएको चलचित्र बटरफ्लाईमार्फत् अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्कीले होलीमा धुम मच्चाउने भएका छन् । होली विशेष गीत सार्वजनिक गर्दै बटरफ्लाई कलर्स अफ लभले नजिकिँदै गरेको फागु पूर्णिमालाई नयाँ कोसेली दिएको छ । तिम्रो मेरो मिलनको आयो हेर होली रे बोलको नयाँ गीत यूट्यूबबाट सार्वजनिक गर्दै बटरफ्लाईले आफ्नो पब्लिसिटीलाई पनि अगाडि बढाएको छ । छायाँकनको कार्य सकेर अब सम्पादनको तयारीमा रहेको चलचित्र बटरफ्लाईले होली रे गीतलाई विशेष रुपमा लिएको छ । प्रमोद ढुंगानाको शब्द विकास चौधरीको संगीत रहेको यस गीतमा राजेशपायल राई र माण्डवी त्रिपाठीको स्वर रहेको छ ।


विशेषगरेर पाल्पाको रानीघाट महलमा छायाँकन गरिएको चलचित्र बटरप्mलाई मायाप्रेम भित्रकै कथामा आधारित रहेको छ । मायाका रंगहरु अर्थात् बटरफ्लाईले मायासँगै समाजका रंगहरुमा होलीलाई लिएर प्रचारमा अगाडि बढेको हो । आर्यन अधिकारी, अर्पण थापा, प्रियंका कार्कीको मुख्य भूमिकामा छन् । चलचित्रलाई सुरेज बज्राचार्यले खिचेका हुन् भने पुष्पाञ्जली अधिकारी –शखा)ले यसको निर्माण गरेकी हुन् । बटरफ्लाईको कार्यकारी निर्देशक निर्माता रमेश प्रजापति रहेका छन् भने सहायक निर्माताहरुमा रामशरण राणा, भुपेन्द्र सुवेदी, सरोज शाह र नवीन अधिकारी रहेका छन् । कन्ट्री निर्मातामा ध्रवराज विके रहेका छन् । चलचित्र द फ्रेम क्रियशनको ब्यानरमा निर्माण भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु