१० जना पुरुषले दुव्र्यवहार गरेको प्रत्युषाको आरोप

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७२, बुधबार

अभिनेत्री प्रत्युषा वनर्जीले आफ्नो घरमा १० जना पुरुष छिरेर आफूमाथि दुव्र्यवहार गरेको आरोपसहित प्रहरीमा उजुरी दर्ता गराएकी छिन्। उनका अनुसार प्रहरी एजेन्ट बताउने ती पुरुषले सुरुमा उनका प्रेमी राहुलको बारेमा सोधेको र उनले राहुल घरमा नभएको बताएपछि दुव्र्यवहार गरेका हुन् ।

प्रहरीमा दर्ता गराएको उजुरीअनुसार सोमबार साँझ सात बजे ती व्यक्तिले धक्का मारेकाले उनको अनुहार र काँधमा चोट लागेको छ ।

उनले लेखेकी छिन्,‘ उनीहरुले ममाथि दुव्र्यवहार गर्न सुरु गरेपछि मैले १०० नम्बरमा फोन गरेँ। त्यसपछि उनीहरु भागे ।’ उनका अनुसार प्रत्युषाका प्रेमी राहुलले एक बैंकबाट कारका लागि ऋण लिएका थिए । तर, किस्ता नियमित तिरिरहेका थिएनन् । दलवी नामका बैंकका अभिकर्तासँग राहुल सम्पर्कमा थिए ।

pratyusha-banerjee

एकदिन राहुलले ती अभिकर्तालाई किस्ता लिनका लागि आफ्नो घरमा डाकेका थिए। तर, राहुलले ऋणको किस्ताको सट्टा पिटेर पठाएका थिए । त्यसपछि ती अभिकर्ताले प्रहरीमा राहुलविरुद्ध उजुरी दर्ता गराएका थिए । त्यही घटनालाई लिएर आफूमाथि दुव्र्यहार गरिएको हुनसक्ने आशंका प्रत्युषाको छ । एजेन्सी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु