६ एकान ६ पछि वडा नं ६

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७१, शनिबार

काठमाडौं । हाँस्य कलाकारत्रय दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले मिलेर केही समय पहिला ६ एकान ६ निर्माण गरे, जुन चलचित्रले सफलता पनि हासिल ग¥यो । त्यसको सफलताले हौसिएका यी त्रय हाँस्यकलाकार अब अर्को चलचित्र वडा नं. ६ को निर्माण गर्न लागेका छन् ।
वडा नं. ६ को काठमाण्डौको चापागाई स्टूडियोबाट छायांकन सुरु गरिएको छ । उज्ज्वल घिमिरेले निर्देशन गर्न लागिएको यो फिल्मका लागि दीपकराज गिरी, प्रियंका कार्की, दयाहाङ राई र अरुणा कार्कीले पहिलो सट दिएका थिए । फिल्मको पहिलो सुटिङ धुलिखेलबाट गर्ने योजनामा रहेको भए पनि सार्क सम्मेलनका कारण चापागाई स्टूडियोबाट शुरू गर्न वाध्य भएको निर्माण युनिटले बताएको छ ।

चलचित्रमा सिताराम कट्टेल, केदार घिमिरे, जितु नेपाल पनि मुख्य भूमिकामा देखिनेछन् भने किशोर खतिवडा, विल्सन विक्रम राई, शिवहरी पौडेल विशेष भूमिकामा देखिँदैछन् । ४० दिन भित्र छायांकन सक्ने योजना निर्माणपक्षले लिएको छ । चलचित्रलाई अभिमन्यू निरवीले हुन् । यसभन्दा अगाडि निर्माण गरिएको चलचित्र ‘छ एकान छु’मा शहरिया परिवेशको कमेडी थियो भने वडा नं ६ मा गाउँले परिवेशको कमेडी हुने बताइएको छ ।

wada no   6

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु