• बाढीपीडितलाई सुनचाँदी व्यसायीको राहत

    म्यूजिक खबर
    प्रकाशित: १९ भाद्र २०७४, सोमबार

    १९ भाद्र २०७४, सप्तरी । सुनचाँदी व्यवसायी सेवा समिति सामाखुसी काठमाडौंको समूहले सप्तरीका बाढीपीडितहरुलाई राहत प्रदान गरेको छ । समितिका कोषाध्यक्ष गायक राजन भुजेल बिश्वकर्माको टिमले सप्तरी जिल्ला वडा न १ र २ सकरापुरामा राहत वितरण गरेको हो । समितिका अध्यक्षा नारायण सुनारको नेतृत्वमा आएको समूहले उक्त राहत बितरण गरेको हो ।


    गोङ्गबु बालाजु शामाखुसी क्षेत्रमा रहेका सुनचाँदी व्यवसायी सेवा समितिले बाढी पीडितलाई त्रिपाल, झुल, पानी शुद्धिकरण गर्ने पिउस र बिस्कुट, एक जना बराबर २००० को सामाग्री दिएको दिएको छ । करिब ७२ घरधुरीलाई समितिले राहत प्रदान गरेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु