मौलिकताको जगेर्ना गर्ने उद्देश्यले ‘नरहरी प्रेमी सुमधुर साँझ’ म्यानमारमा हुँदै

म्यूजिक खबर
प्रकाशित: २४ आश्विन २०७५, बुधबार

काठमाडौं । करिब दुई दशक लामो समय सांगीतिक क्षेत्रमा बिताइसकेका गायक तथा संगीतकार नरहरी प्रेमी यहि अक्टोबर १७ र १८ को लागि म्यान्मारमा नरहरी प्रेमी सुमधुर साँझमा उत्रने भएका छन् । उनि त्यहाँ रमाइलो सांस्कृतिक कार्यक्रम तथा नरहरी प्रेमी सुमधुर साँझबाट झन्डै दुई लाखको संख्यामा रहेका म्यानमार बासी नेपालीहरुलाई सांगीतिक आनन्द प्रदान गर्न जान लागेका हुन् ।

आफ्नै कला संस्कृति र मौलिकताको जगेर्ना गर्ने उद्देश्यले हरेक बर्ष म्यान्मारबासीले बिभिन्न सांस्कृतिक झाँकी, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता पनि गर्दै आएका छन् । यसै बीच उनीहरुले हरेक वर्ष भव्य र सभ्य रूपमा दशैँ तिहार, एक सांगीतिक माहोल बीच मनाउने गर्दछन् । सोही अवसरमा नियमित रुपले विशेष सांस्कृतिक र साङ्गीतिक कार्यक्रम पनि आयोजना गरिने सन्दर्भमा, यस वर्ष भने लोकप्रिय गायक तथा सङ्गीतकार नरहरि प्रेमी एकल गायन प्रस्तुति ‘नरहरि प्रेमी सुमधुर सांझ’ नामक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

नरहरि प्रेमीको बिशेष प्रस्तुति हुने भएता पनि हाँस्य कलाकार तथा कोरियोग्राफर, आशिक राई र कार्यक्रम उद्घोषिकाको भूमिकामा श्रुति संगीत बिध्यालयकि प्रबन्ध निर्देशक एवं गीतकार तथा कलाकर्मी पुष्पा पौडेल म्यानमार जाने भएकी हुन् । दशैँलाई नै खास लक्षित गर्दै आयोजना हुन लागेको यस कार्यक्रम सप्ताह ब्यापी रुपमा अगाडी बढ्ने छन् भने नेपालबाट गएका कलाकारहरुको प्रस्तुति अष्टमी र नवमीको दिनमा हुने छ ।

नेपालीहरुको अत्यधिक बाहुल्यता रहेको ‘टमु’ शहरमा यो कार्यक्रम हुन गइरहेको कुरा म्यानमारका समाजसेवी एवम् म्यानमार नेपाली समाजका अगुवा गोकुल गिरिले हामीलार्इ जानकारी गराएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु