• के प्रदिपको जोडी बन्छिन त अन्जली

    म्यूजिक खबर
    प्रकाशित: १४ जेष्ठ २०७६, मंगलवार

    चलचित्र ‘प्रेमगीत ३’को लागी लोकेसन छायाङ्कन मिती तथा कथा समेत फाइनल भैसक्दा पनि चलचित्रको लिड क्यारेक्टर ‘गीत ‘ को भूमिकामा अभिनय गर्ने नायिकाको टुङगो भाको छैन । चलचित्रकी नायिका छनौटको लागी निर्माण पक्षले खुल्ला प्रतिष्पर्था आयोजना गरेको थियो र आवेदन दिएका २७ सयभन्दा बढी युवतीबाट उत्कृष्ट २५ छानिइसकेका छन् । ति २५ बाट क्षमता, लुक्स, उचाई, सुन्दरताको मापन गरेर एकलाई ‘गीत’ क्यारेक्टरमा छानिने र यसको लागी अडिसन पनि हुने सन्तोष शेनले बताएका थिए । तर अडिसन सुरु नहुँदै चलचित्रमा चर्चित मोडल अञ्जली अधिकारी छानिएको हल्ला सुनिन थालेको छ । त्कृष्ट २५ मा परेकी उनलाई नै गीत क्यारेक्टरका लागी फाइनल गरिएको जानकारी बाहिरिएको छ । यस चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु