प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा तेज बहादुर कुमालको डान्सिङ “सोल्टिनी” बोलको गीतको भिडियो बजारमा आएको छ । प्रेम र रोमान्सलाई समेटिएको गीतमा तेज बहादुर कुमालको शब्द तथा स्वर रहेको छ । कृष्ण विसीको एरेन्ज र के वि कुमालको रेयाप रहेको छ । गीतमा आफनी प्यारी सोल्टीनीलाई आफनो बनाउनको लागी गायक निकै हतारिएका छन । मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन , ओम श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा युवा पुस्तामा निकै रुचाइएका गायक चक्र बम र नायिका विपसा विसीको फिचरिङ गरिएको छ । “सोल्टिनी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।