गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७८, मंगलवार १९:४०
prasanta_tamang

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ। उनकी आमा रूपा तामाङको निधन भएको हो।
दार्जिलिङको एक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

प्रशान्त स्वयंमले आमाको निधन भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । ‘एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ । हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा । आई लभ यू,’ उनले फेसबुकमा लेखेका छन्।

प्रशान्तले यो घडीमा आफूलाई बलियो रहन प्रेरित गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

गत वर्ष फिल्म ‘परदेशी २’ को छायांकन सकेर दार्जिलिङ फर्किएका प्रशान्तले नेपाल बसाईको क्रममा ‘आगो पिएर बाँच्ने’ गीत रेकर्ड गराएका थिए ।

‘इन्डियन आइडल ३’ को विजेता भएपछि कयौं नेपाली गीतमा आवाज भरेका उनी ‘गोर्खा पल्टन, परदेशी, निशानी, अंगालो यो मायाको, धडकन’ फिल्मका नायक समेत हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु