• ‘बृहत लोकदोहोरी सांस्कृतिक महोत्सव’ शुरु, गृहमन्त्री श्रेष्ठद्वारा उद्घाटन (फोटो फिचर)

    म्यूजिक खबर
    प्रकाशित: २४ आश्विन २०८०, बुधबार १६:२५

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला शाखा गोरखाद्वारा आयोजित ‘बृहत लोकदोहोरी सांस्कृतिक महोत्सव’ आजदेखि शुरु भएको छ । गोरखा नगरपालिकाकोे हरमटारी, खेलमैदानमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले महोत्सवको आज उद्घाटन गरेका छन् ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला शाखा गोरखाको कार्यालय भवन निर्माणार्थ महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सव कार्तिक ३ गतेसम्म आयोजना हुने महोत्सवमा हरेक दिन राष्ट्रिय स्तरका कलाकारहरु सँगै गोरखाका स्थानिय कलाकारहरुले प्रस्तुति दिनेछन् । त्यस्तै, महोत्सवको पहिलो दिन आज राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष समेत रहेकी लोकदोहोरी गायिका रिता थापा मगर, गण्डकी प्रदेशका अध्यक्ष लोकदोहोरी गायक राजन कार्की, गायिका कल्पना आले, गायक सरोज लामिछाने लगायतले आज प्रस्तुति दिएका छन् ।

    १५४ वटा स्टल रहने मेलामा स्टोर दैनिक उपभोगिका सामाग्री, खाद्यन्न, खाजाका परिकार, विभिन्न जातजतिका भेषभुषा घरेलु उत्पादनका सामाग्रीहरु राखिने उनले बताए । त्यस्तै, यहाँका धार्मिक र संस्कृतिक पर्वको झल्कोसमेत महोत्सवमा देखाइएको छ ।

    मेलामा गोरखाका कलाकार तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने जनाएको छ । पालिका स्तरीय झाँकी प्रर्दशन, पालिका स्तरीय लोक दोहोरी प्रतियोगिता, राष्ट्रिय स्तरीय लोक दोहोरी प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

    यसैगरी पालिका स्तरीय लोक दोहोरी प्रतियोगितामा लागि सोमबार सम्म आरुघाट र चुमनुब्री बाहेक सबै पालिकाले दर्ता गरिसकेको जनाएको छ ।

    उक्त प्रतियोगितामा प्रथम हुने पालिकाले ५० हजार ५५० र द्धितिय हुने गाउँपालिकाले रु २५ हजार ५२५ पाउने आयोजकले जनाएको छ । यस्तै राष्ट्रिय स्तरको लोक दोहोरी प्रतियोगिताको लागि ९ वटा समूहले दर्ता गरिसकेको उनले बताए ।

    उक्त प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १११ र द्धितियले ५० हजार ५५५ पाउने केसिले बताए । यस्तै पालिका स्तरीय झाँकी प्रर्दशनमा प्रथम हुने पालिकाले १५ हजार ५१५ र द्धितिय हुनेले रु १० हजार ५१५ पाउने जनाएको छ ।

    मेलाको अवलोकन लागि सर्वसाधारणको लागि रु १००, विद्यार्थीका लागि रु ५० तथा जेष्ठ नागरिकहरुको लागि निःशुल्क हुने उनले बताए । तर, विद्यार्थी लागि आइडी कार्ड जेष्ठ नागरिकहरुका कार्ड हुनुपर्ने आयोजकले जनाएको छ ।

    हिजो असोज २३ गते उद्घाटन हुने भनिएको महोत्सव आज उद्घाटन भएको हो । इजरायल अक्रमणमा परी मृत्यु भएका नेपालीहरुको सम्मानमा हिजो सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले कार्यक्रम एक दिन सारिएको हो ।


    फोटो – दिनेश थापा ‘यात्री’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु