राजनको शब्द र विक्रमको संगीतमा हिमालले ल्याए ‘छेकामारी’

म्यूजिक खबर
प्रकाशित: २० मंसिर २०८१, बिहीबार २१:०१

काठमाडौं । गायक हिमाल राईले आफ्नो नयाँ गीत ‘छेकामारी’ सार्वजनिक गरेका छन् । किरात भाकामा आधारित गीतमा राजन मुकारुङको शब्द र विक्रम राईको संगीत रहेको छ। गीतलाई देवेश राईले एरेन्ज गरेका हुन् ।

प्रेमिकाको वर्णन गरिएको गीतको भिडियोमा दिलेन्द्र मुकारुङ, इशा आङदेम्बे, मोहन मगर, टीकाबहादुर मगर, राज खिम्दिङ लिम्बू र सविन शंकर फिचर्ड गीतलाई ‘हिमाल राई अफिसियल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु