• राजेन्द्रको शब्द, राजनराज र भूमिकाको स्वरमा ‘छकि छैन मन्जुरी’, लामो समयदेखि युट्युब ट्रेण्डिङमा

    म्यूजिक खबर
    प्रकाशित: १४ फाल्गुन २०८१, बुधबार

    काठमाडौं । लोकप्रिय गायिका भूमिका गिरीले नयाँ गीत सार्वजनिक गरेकी छिन् ।

    पुरुषः प्वांख राम्रो आहा वनमा मजूरैको
    च्वास्स माया उहु दिलमा हजुरैको
    छ कि छैन मन्जुरी ….

    महिलाः सुनै राम्रो आहा पालिस गजुरैको
    च्वास्स माया उहु दिलमा हजुरैको
    छ कि छैन मन्जुरी …..

    बिशिष्ट गीतकार राजेन्द्र थापाले लेखेको यो गीत अहिले युट्युब ट्रेन्डिङमा छ। गीतमा लोकप्रिय गायक तथा संगीतकार राजनराज शिवाकोटीको स्वर र गायिका भूमिका गिरीको स्वर रहेको छ । राजनराज शिवाकोटीको संगीत, देवेश राईको संगीत संयोजन र श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको यस गीतलाई दर्शक श्रोताको राम्रो साथ मिलेको छ ।

    १० दिन अघि फागुन ६ गते मंगलबार सार्वजनिक गरिएको यो गीतले छोटो समयमै ट्रेण्डिङको यात्रा शुरु गरेको हो । सार्वजनिक भएको चौथो दिनमै युट्युवको संगीत तर्फ ट्रेण्डिङको ३०औं स्थानमा परेको गीत ट्रेण्डिङको उकालो यात्रामा छ । १ लाख ८० हजार बढीले हेरिसकेको यो गीत यतिबला युट्युवको संगीत तर्फ ट्रेण्डिङको २० नं. ओगटिरहेको छ ।

    गीतको भिडियोले भ्यूज मात्रै कमाएको छैन । कमेण्टमा तारिफ पनि उतिकै गरिएको छ । गीतको अडियो जस्तै भिडियो पनि प्रंशनिय बनेको छ । गीतको भिडिओमा राज आचार्य र सुनिशा बजगाईँले अभिनय गरेका छन् । गीतको भिडियोमा राज र सुनिशा वडा सचिव र सदस्यको भूमिका देखिएका छन् । गम्भिर बिष्टको निर्देशन रहेको भिडिओलाई दिनेश पराजुलीले खिचेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

    गायिका भूमिका गिरीको प्रस्तुति रहेको गीतको भिडियोलाई पनि भूमिका गिरी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु