डान्सिङ गीत ‘पिलेन उडाउनी’ लिएर आए नरहरि, सुरज र अस्मिता

म्यूजिक खबर
प्रकाशित: २४ फाल्गुन २०८१, शनिबार ०१:१७

काठमाडौँ। गीतकार तथा संगीतकार नरहरि प्रेमीले नयाँ गीत ‘पिलेन उडाउनी’ सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित कार्यक्रमका बीच गीतको भिडियो तथा अडियो सार्वजनिक गरिएको हो ।

यो गीतमा पछिल्लो समयकी चर्चित गायिका अस्मिता अधिकारी र सुरज गुप्ताको स्वर छ । गायक गुप्ताको यो नै पहिलो गीत हो । उनले आफ्नो जन्मदिनको अवसर पारेर पहिलो गीत सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल स्मारिका ढकाल फिचर्ड छन् । गीतको भिडियोलाई राज कुमारले निर्देशन तथा सम्पादन गरेका छन् ।

नरहरी प्रेमीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई बुद्ध थापाले छायांकन गरेका हुन् । डिएन गुप्ता निर्माता रहेको गीतको सहनिर्माता निर्मला देवी गुप्ता र सन्ध्या गुप्ता हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु