अन्जुको तीज गीत ‘आयो है तीजको लहर’मा ज्योतीको ठुम्का

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०८२, आईतवार १७:२९

काठमाडौं । तीज नजिकिँदै गर्दा बजारमा नयाँ–नयाँ तीजका गीतहरू सार्वजनिक हुने क्रम बढ्दो छ । यहि क्रममा गायिका अन्जु गौतमको स्वर रहेको ‘आयो है तीजको लहर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकप्रिय गायिका अन्जु गौतमको स्वर, हरि शिवाकोटीको शब्द रचनामा तयार भएको यो गीत २०८२ साउन १ गते, बिहीबार सार्वजनिक गरिएको हो।

संगीतकर्मी कुन्दन राई द्वारा संगीत संयोजन, मिक्सिङ र मास्टरिङ गरिएको यस गीतमा मौलिक शब्द, संगीत, मौलिकता र सांस्कृतिक पन सामेल छन्, जसका कारण गीत लोकप्रिय बन्दै गएको छ।

नेपाली हिन्दु नारीहरूको आस्थाको धरोहरका रूपमा रहेको तीजको धार्मिक तथा सांस्कृतिक महत्त्व पनि उत्तिकै रहेको छ। सोही सांस्कृतिक महत्त्वलाई उजागर गरिएको यस गीतमा युवा पुस्ताकी चर्चित कलाकार ज्योति खड्काका साथै अन्जु गौतमको आकर्षक अभिनय देख्न सकिन्छ। विजय मगरको निर्देशन तथा अनमिका लामिछानेको कोरियोग्राफीले गीतलाई जीवन्त बनाएको छ।

 

यो पनि पढ्नुहोस्

 

यो पनि पढ्नुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु