
काठमाडौं। प्रेमिल जोडीहरुको कथामा आधारित गीत ‘उनिको स्विटर’ सार्वजनिक भएको छ। गीतमा पार्वती बिश्वकर्मा र राम परियारको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’को शब्द, गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीत, रमेश सेञ्चुरीको एरेञ्ज, मनोज डंगोलको मिक्सिङ रहेको छ।
यस गीतको भिडियोमा प्रकाश बराईली अभिब्यक्ति को निर्देशन, छायांकन, सम्पादन रहेको छ भने रबिन बिकको रंग संयोजन रहेको छ।
उक्त गीतको भिडियोमा सुजन सुर्खेती, सुमित्रा पार्की, शिब पराजुली आदीको अभिनय रहेको छ। ‘उनिको स्विटर’ नामक गीतलाई प्रकाश बराईली ‘अभिब्यक्ति’ को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।