
काठमाडौं । संगीत रोयल्टी संकलन समाजमा गत फागुन ३० गते भएको निर्वाचनबाट सुरेश अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति आएको थियो । अधिकारीको नेतृत्वमा भएको सोही कार्यसमितिको पद बाँडफाँड भएको छ । जस अनुसार पीएन सापकोटा उपाध्यक्ष, चन्द्र शर्मा महासचिव, सुजन लम्साल सचिवमा चयन भएका छन् । त्यस्तै कार्यसमिति बाहिरबाट मनोनित गरी डा.ओमकृष्ण प्रसाईंलाई कोषाध्यक्ष चयन गरिएको छ । यसअघि मनोनित र सचिव बनाउने प्रावधान नभए पनि यसपटकबाट यस कार्यलाई अगाडि बढाइएको छ ।
यसभन्दा अघिल्लो कार्यकाल पीएन सापकोटा कोषाध्यक्ष पदमा कार्यरत थिए । पीएन सापकोटा रोयल्टी संकलन समाजमा चौंथोपटक चयन भएका हुन् । त्यस्तै यसभन्दा अघिल्लो कार्यकालमा उपाध्यक्ष पदमा रहेका चन्द्र शर्मा यसपटक महासचिव पदमा चयन भएका छन् । शर्माको यो तेस्रो कार्यकाल हो ।
त्यस्तै सदस्यहरुमा प्रमोद ढुंगाना, प्रसाद लामिछाने, डोलराज बाह्रघरे, अर्जुन थापा, गौरव दर्पण, नरेश खाती, रमेश परियार रहेका छन् ।