
काठमाडौं । गायिका गीता भट्टराई र गायक नविन पौडेलको स्वरमा रहेको ‘घुम्न जाउँ मायालु’ गीत सार्वजनिक भएको छ । विपिन आचार्यको शब्द तथा सरोज विरहीको संगीत रहेको ‘घुम्न जाउँ मायालु’ गीतमा विपिन आचार्यकै एरेन्ज तथा मनोज परियारको मिक्सिङ रहेको छ ।
‘घुम्न जाउँ मायालु’ गीतको भिडियोमा जुना कार्की सागर विश्वकर्माको अभिनय रहेको छ । मिलन श्रेष्ठको निर्देशन रहेको यस भिडियोलाई मुकेश हुमागाईले छायाँकन गरेका हुन् । राजाराम सिंखडाको कोरियोग्राफी रहेको यस भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् ।
गायिका भट्टराईएको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत अपलोडसँगै केही विवाद भएपछि पुनः सम्पादन गरी अपलोड गरिएको हो ।
इन्द्रेणी सांस्कृतिक केन्द्रमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको गीत ‘घुम्न जाउँ मायालु’ मा शब्द र एरेन्जमा अर्कैको नाम भएको भनी सामाजिक सञ्जालमा विवाद भएपछि पुनः सम्पादन गरी अपलोड गरिएको हो । गायिका भट्टराईले सम्पादनको क्रममा त्रुटी हुन गएको भनी सम्पादन गरेको बताइन् ।