
काठमाडौं। नेपाली सांगीतिक बजारमा अर्को मर्मस्पर्शी गीत ‘राती भेट्न सपनीमा आउँछु’ सार्वजनिक भएको छ।
यस गीतमा प्रेमी र प्रेमिका बिच दिनमा भेट्न समाज बाधक बनेको र सपनीमा भेट्ने बार्तालाप गरेको कथालाई समेटिएको छ। गीतमा भिम बहादुर पौडेल र रमिला बिश्वकर्माको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’को शब्द, गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीत रहेको छ।
सो गीतको एरेञ्ज राकेश सोनीले गरेका हुन् भने मनोज डंगोलले मिक्सिङ गरेका हुन्। यस गीतमा पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’ को निर्देशन, छायांकन, सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा सुजन सुर्खेती, आशा बिश्वकर्मा, शिब पराजुली, शंकर बरालको अभिनय रहेको छ। यस गीतलाई पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’ को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।