झापा जान उडेकी गायिका रचनालाई जनकपुर विमानस्थलमै झारिदिएपछि

म्यूजिक खबर
प्रकाशित: १३ बैशाख २०८३, आईतवार १९:१३

काठमाडौं । आज बिहान गायिका रचना रिमाल आफ्नो गृहजिल्ला झापाको यात्रामा निक्लिन् । रचनासँगै बुद्ध एयरलाइन्सको प्लेनमा चढेका अरु यात्रु झापाको भद्रपुर विमानास्थलमा प्लेन अवतरण होला र आ–आफ्नो गन्तव्यमा पुगिएला भनेर सोचिरहेका थिए । तर त्यस्तो हुन सकेन । बीच बाटोमै जनकपृुर विमानस्थलमा प्लेन अवतरण भयो । मौसम खराबीका कारण झापा उडेका यात्रुहरु जनकपुर झर्नु परेको हो । यो जानकारी रचनाले आफ्नो फेसबुक मार्फत गराएकी छिन् । । अहिले सामाजिक सञ्जालमा उनले जनकपुरको टर्मिनलमा कुरिरहेको भिडियो हालेकी छिन् ।

यसो त रचना हिजो हिजो शनिबार नै उनको झापा जान निस्कििएकी थिइन् । खराब मौसमका कारण उनी हिजो पनि जान सकिनन् । उडेको केही समयपछि नै उनी चढेको प्लेन काठमाडौं फर्किएको थियो ।
रचनाले अपलोड गरेको भिडियोमा जनकपुरमा ठूलो पानी परिरहे र कालो बादल आकाशमा मडारिरहेको देखिन्छ ।

भिडियोमा उनले अब गाडीबाट गन्तव्यमा जान लागेको बताएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु