
काठमाडौ । अधिवक्ता समेत रहेकी गायिका शितल पाण्डेले ‘गाली नि मिठो’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । गीतमा शितलसँगै सञ्चारकर्मी एवं गायक मदन खनालको युगल स्वर रहेको छ । विशिष्ट गीतकार राजेन्द्र थापाको शब्द रहेको गीतलाई दिपक शर्मालेले संगीत भरेका हुन् । मिक्सिङ मास्टरिङ नरेन्द्र बियोगीले गरेका हुन् । तथा एरेञ्ज गरेका छन् ।
गीतकार थापाले डान्सिङ बिटको गीतमा प्रेमिल भावलाई गीतमा उतारेका छन् । ‘शितल पाण्डे’ युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई केशवराज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । म्युजिक भिडियोमा लोमश शर्मा र बिना राउतको अभिनय रहेको छ । भिडियोलाई करण चैसिरले खिचेका हुन् भने दिनसन शाहले भिडियो सम्पादन गरेका हुन् ।