
काठमाडौं । लोकप्रिय गायिका अन्जु गौतमको सुमधुर स्वरले सजिएको ‘कोइलीको कुहुकुहु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बरिष्ठ साहित्यकार डा. रामप्रसाद दाहालको शब्द रहेको यस गीतमा संगीत समेत गायिका स्वयं अन्जुले भरेकी छिन् । गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।
ज्योति खड्काले अभिनय गरेको गीतको भिडियोलाई श्याम सराफले छायांकन गरेका हुन् । भिडियोलाई सुसिल भट्टराईको सम्पादन तथा कलरिङ रहेको छ। गीतको भिडियो गायिका अन्जु गौतमको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।