
काठमाडौँ, जेठ १९ । नेपाली मनोरञ्जन क्षेत्रका कलाकारहरूले दर्शक र फ्यानहरूलाई सरप्राइज दिनु कुनै नयाँ कुरा होइन। यही सन्दर्भमा हालै चर्चित गायिका बबिता बानियाँ ‘जेरी’ले पनि सामाजिक सञ्जालमार्फत आफूले चाँडै नै एउटा “खुशीको खबर” सार्वजनिक गर्न लागेको बताएकी छिन् । उनले १२ घण्टाको अन्तरालमा २ वटा रहस्यमयी पोष्ट गरेकी छिन् ।
उनले पहिलो पोष्टमा “हजुरहरु संगै छिट्टै नयां र खुशीको खबर बाॅड्दै छु,, माया र आशिर्वाद पाऊॅ है” लेखिन् । यो पोस्टले फ्यानहरू माझ ठूलो कौतुहलता पैदा गर्यो । धेरैले कतै विवाह त गर्न लागेकी होइनन् भन्ने अड्कलबाजि गरे । यहि बुझाईका कमेन्टहरुमा बधाई लेखिए । यस पोष्टको ठ्याक्कै १२ घण्टा पछि फेरि उनले ‘जीवन यात्राको एक चरण’ लेखेर अर्को पोष्ट गरिन् । ‘औंठी’ लाइदिएको र औंठी देखाएको दुइ तस्बिर सहित पोष्ट गरेपछि गसिप बजार गर्माएको छ।
गायिका बबिता बानियाँ “जेरी” ले उक्त खुशीको खबर, के हो भन्ने कुरा स्पष्ट नपारे पनि सामाजिक सञ्जाल प्रयोगकर्ता र फ्यानहरूले यो खबर उनको विवाह वा इन्गेजमेन्टसँग सम्बन्धित हुन सक्ने अनुमान गरेका छन्।
नेपालकी एक अत्यन्तै लोकप्रिय र चर्चित लोकदोहोरी गायिका बनेकी उनी लोदोहोरी गायक शंकर क्षेत्रीसँग करिब ५ वर्ष लामो प्रेम सम्बन्ध (Love Relation) मा रहेपछि वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । तर विवाह भएको करिब दुई वर्षमै जेरी र शंकर क्षेत्रीबीच काठमाडौँ जिल्ला अदालतमा कानुनी रूपमा सहमतिमै सम्बन्धविच्छेद भएको थियो।
विशेषगरी प्रत्यक्ष दोहोरी (लाइभ दोहोरी) मा तत्काल उत्कृष्ट शब्द बुन्न सक्ने ‘शब्दको खानी’ का रूपमा नेपाली संगीत क्षेत्रमा प्रख्यात बनेकी यी गायिकाले यतिबेला कतै लगनगाँठो कस्ने तयारीमा रहेकि होइनन् भन्ने चर्चा नेपाली कला जगतमा सुरु भएको छ।