लक्ष्मीले ल्याइन् छमछमी नचाउने मौलिक तीज गीत ‘नाच फुरुक्कै’

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०८३, बुधबार २०:२८

काठमाडौं । गायिका लक्ष्मी पुरी प्रधानको स्वरमा नयाँ मौलिक तीज गीत ‘नाच फुरुक्कै’ सार्वजनिक भएको छ।

हिन्दू महिलाको विशेष पर्व तीजको अवसरमा सार्वजनिक गरिएको यस गीतले पारिवारिक र सांस्कृतिक सौन्दर्यलाई प्राथमिकता दिएको छ। गीतमा बिपिन आचार्यले संगीत तथा एरेन्ज गरेका हुन् भने गीतका शब्द समेत बिपिनले नै लेखेका हुन् । एमबी रेकर्डिङ स्टु्डियो, कपुरधारामा मा रेकर्ड गरिएको गीतको पोष्ट प्रोडक्सन रोयल मुमीभले गरेको हो ।

निरेन श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा तीजको मौलिक भाव, संस्कार र उत्सवको झल्को पाइन्छ।

भिडियोमा सोनिया ढुंगाना र राजेन्द्र गिरी ‘गुन्द्रुके’को अभिनय रहेको छ। नितिन वाइबाले कोरियोग्राफी गरेको भिडियोलाई सुनिल भण्डारीको टिमले छायांकन गरेको हो । भिडियोलाई राजकुमार मगरले सम्पादन गरेका हुन् भने श्रृंगार संयोजन कबिता तोलांगीले गरेकी हुन् ।

पारिवारिक ढंगले हेर्न, सुन्न सकिने तीजको मौलिक भाव बोकेको गीतको भिडियोलाई गायिका लक्ष्मी पुरी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु