
काठमाडौं । महिला दिदीबहिनीहरुको महान चाड तीज नजिकिँदै गर्दा बजारमा तीज झल्काउने गीतहरु पनि एकपछि अर्को आउने क्रम चलिरहेको छ । सांस्कृतिक चाड तीजको अवसर पारेर बजारमा तीजका कोसेली ल्याउने क्रममा सर्जक बिनोद ढकालले नयाँ तीज गीत ‘झुम्का कस्तो छ’ सार्वजनिक गरेका छन् ।
बिनोद ढकाल स्वयंको शब्द तथा संगीतमा तयार भएको ‘झुम्का कस्तो छ’मा गायिकाद्वय सिमा नेपाली र रिया सुनारको स्वर रहेको छ । यस गीतको संगीत संयोजन कृष्ण लामिछानेलेले गरेका छन् भने हेमराज डाँगीको मिक्सिङ रहेको छ ।
यस गीतको म्यूजिक भिडियोलाई दिनेशसिंह ठकुरीले निर्देशन गरेका हुन् भने कोरियोग्राफी प्रेम दर्नालले गरेका हुन् । सरोज ठकुरीको छायाँकन एवं राजेश कुँवरको सम्पादन रहेको यस भिडियोमा जुना कार्की, बिनोद ढकाल र जुनु रिमालको अभिनय रहेको छ ।
‘झुम्का कस्तो छ’भिडियोलाई सर्जक बिनोद ढकालको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ भने भिडियो बैंकले अडियो भिडियोको निर्माण एवं व्यवस्थापन गरेको छ । गीतको भिडियोलाई भिवर्सबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।
लामो समयदेखी सांगीतिक क्षेत्रमा सक्रिय रहेका सर्जक बिनोद ढकालका थुप्रै बढी गीतहरु बजारमा आइसकेका छन् ।