‘जती निदाउ रातमा’ : हृदयस्पर्शी शब्द, कर्णप्रिय सुर र संगीतले सजिएको स्वर्णीम गीत

म्यूजिक खबर
प्रकाशित: ३१ बैशाख २०८०, आईतवार

काठमाडौं । गायक कमल विष्टको स्वरमा ‘जती निदाउ रातमा’ बोलको गजल आएको छ । रमेश रसिक पौडेलको लेखन, सरोज प्याकुरेलको संगीत रहेको यो गजलको सेर जति निदाउ रातमा विहान सम्म मात्र हो, जति कुदाउ जीन्दगी चिहान सम्म मात्र हो ले धेरैको मन सुरुमै कटक्क खाएको छ ।

बरिष्ठ एरेन्जर मनोहर सुनामको एरेन्ज र भोला पौडेलको मिक्सीङ रहेको गजल वियोगान्त रहेको छ । गीतमा शब्द, सुर र संगीतको उत्कृष्ट तालमेल भएको छ ।
गीत सुन्दा श्रोताले यो गीत त केवल मेरैलागि लेखिदिएको होला भन्ने अनुभूति गराउँछ ।

धनि परिवारको एक युबकले श्रीमतीको खुसिको लागी घर उसैको नाममा पारेको र श्रीमतीले सन्तान नभएको झोकमा श्रीमानलाई घरबाट निकालेको कथा यो गजलको भिडियोमा समावेस भएको छ । भिडियोमा विजय गिरी, मिना बासकोटा, प्रकाश सापकोटा र रोशन अधिकारीको बेजोड अभिनय रहेको छ । सुरेन्द्र श्रेष्ठको छायांकन रहेको भिडियोमा सुरज श्रेष्ठको सम्पादन र सरोज प्याकुरेलको निर्देशन रहेको छ ।

गायक कमल विष्ट चर्चित गायक तिलक सिङ पेलाका चेला हुन् । उनले तिलक सिंङ पेलाको चर्चित गजल तिलकले गाउनु भन्दा अगाडी स्टेजमा गाएका थिए । यो गजलले पनि राम्रो छाप छोड्ने उनको अनुमान छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु