डेनमार्कको कोपेनहेगनमा चलचित्र ए मेरो हजुर –३ को सो हाउसफुल

म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७६, मंगलवार

राजमान तामाङ
कोपेनहेगन । मे २६ २०१९ को दिन इनास डेनमार्कद्धारा आयोजित नेपाली चलचित्र ए मेरो हजुर –३ को प्रदर्शन भब्यताको साथ हाउसफुलको साथ सम्पन्न भएको छ।

कार्यक्रममा भाग लिन नेपाल देखि नायिका झरना थापा तथा सुहाना थापा उपस्थित भएका थिए । चलचित्र हेर्न आउने सम्पुर्ण दर्शकहरुले चलचित्रलाई मन पराउनुका साथै नायिका सुहाना थापाको कामको सबैले प्रसंसा गरेका थिए ।

 

सम्पुर्ण डेनमार्कबासी नेपाली दाजुभाई, दिदीबहीनीहरु तथा नेपाली चलचित्रको शुभचिन्तक आम दर्शकहरु सबैमा आयोजक पक्षले हार्दिक आभार प्रकट गरेका छन् । सदा झै इनास डेनमार्कद्धारा प्रदर्शित नेपाली बहुचर्चित सुपरहिट चलचित्र” ए मेरो हजुर–३” हेर्न आफ्नो ब्यस्त समयको बाबजुद उपस्थित भई कार्यक्रमलाई सब्य र भब्य रुपमा सफल बनाई दिएकोमा आयोजक संस्था इनासले सबैलाई साथ र सहयोगको अपेक्षासहित आभार प्रकट गरेको हो ।

त्यसैगरी हाम्रो निमन्त्रणालाई स्वकार गरी नेपालदेखी पाल्नु भएकोमा अभिनेत्रीद्धय झरना थापा दिदी र सुहाना थापा प्रति इनासले आभार प्रकट गरेको छ । कार्यक्रममा महामहिम युबनाथ लम्साल, डोरनाथ अर्याल लागायत सम्पुर्ण नेपाल एम्बेसीका प्रतिनिधि, अतिथीहरुको कोपेनहेगनको बसाईलाई होटल व्याबस्थापनमा सहयोग गर्नुहुने सन्तोष दाहाल र शैलेश पोखरेल, साथै विशेष सहयोगको लागी नील थापा, सबिता अर्याल भाउजु र हेम अर्याल दाजू, नेपालदेखी हाम्रो सिनेमाको फायल यहा सम्म ल्याउन सहयोग गर्नुहुने लोकराज शर्मा लगायतलाई आयोजक पक्षले आभार प्रकट गर्दै साथ सहयोगका लागि आगामी दिनमा पनि सहकार्य गर्ने बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु