समय आएपछि गजलसङ्ग्रह सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १६ फाल्गुन २०७५, बिहीबार

काठमाडौं,गजलसङ्ग्रह ‘समय आएपछि’ बजारमाआएको छ । मङ्गलबार काठमाडौंको निशहाय सेवा केन्द्र शान्तिनगरमा एक कार्यक्रम सहित उक्त गजल संग्रह वरिष्ठ गायक तथा सङ्गीतकार दीपक जंगमले विमोचन गरेका हुन् ।
सङ्ग्रहित एल्बममा ८ वटा गजल सङ्ग्रह गरिएको छ । गजलकार धुव्र के.सि. (गुमनाम)को सृजना र ईश्वर खत्रिको सङ्गीतमा सजिएका गजलमा किरण कंडेलको सङ्गीत संयोजन रहेको छ । डी.ए.आर मुभिजले निर्माण र बजार व्यवस्थापन गरेको उक्त एल्बममा रहेको गजल ‘समय आएपछि’को म्युजिक भिडियो म्युजिक नेपालबाट डिजिटल मिडियामा सार्वजनिक गरिएको छ ।
प्रमोद खरेलको स्वर रहेको उक्त गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको साथमा रश्मि भट्ट, राजाराम गौतम, श्वेता गोलेलगायतको अभिनय रहेको छ ।
प्रभावन जे ले निर्देशन गरेको गीतको भिडियोमा टंक के.सीको छायाँकन, ग्राफर विशेष मर्हजन, र सम्पादन नविन भट्टले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु