आकाश र कविताको ‘छिटको सारी’

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७९, बुधबार

काठमाडौं । नायक आकाश श्रेष्ठ र कविता बिस्ट अभिनित ‘छिटको सारी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक लक्ष्मण गुरुङको सुमधुर स्वर रहेको छ। डान्सीङ भर्सनको गीतमा प्रेम पाण्डे ‘अनुपम’ को शब्द, संगीत रहेको छ। यस गीतलाई साहस शाक्यले संगीत संयोजन गरेका हुन् ।

नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोमा दिपक एम सिंहको कोरियोग्राफी रहेको छ । भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। श्याम लामाको निर्देशनमा भिडियो तयार पारिएको हो । जेबिआर स्टुडियोको प्रस्तुति रहेको यस भिडियोलाई ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु