चलचित्र आकाशे खेतीको पहिलो गीत ‘चिटिक्कै परेर आइछ्यौ’

म्यूजिक खबर
प्रकाशित: २४ पुष २०७८, शनिबार
Aakashe Kheti

काठमाडौं । चलचित्र ‘आकाशे खेती’को पहिलो गीत सार्वजनिक भएको छ । चिटिक्कै परेर आइछ्यौ बोलको गीत ओएसआर डिजिटलबाट सार्वजनीक भएको हो । लोक फ्लेवरको यस गीतलाइ हरि उप्रेतीले लेखेका छन् भने संगीत बिकाश चौधरीको रहेको छ । सार्वजनिक यस गीतमा राजेशपायल राई, अन्जु पन्त, लोक पौडेल र सुम्निमा इङनामको आवाज रहेको छ । गीतमा राजिवको कोरियोग्राफि रहेको छ ।
उदय सुव्वाको लेखन निर्देशन रहेको चलचित्र आकाशे खेतीमा गौरव पहारी, निता ढुंगाना, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रमा लिम्बु , शिशिर वाङदेल, रबिन्द्र झा, जयनन्द लामा, लक्षु शर्मा , प्रकाश शर्मा, कृषा गुरुङ, अनुप याक्सो, रजनि गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।
एस एस इन्टनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यस चलचित्रलाई केदार उप्रेती , जिवन सुव्वा , राजेन्द्र चोङवाङ र दिल प्रकाश याक्सोले निर्माण गरेका हुन् । चलचित्रको छायांकन बिक्रम डिसि , द्वन्द राजु किराती, नृत्य रामजी लामिछाने र राजिवको र सम्पादन सुजन बडालको रहेको छ । चलचित्र यहि फागुन २७ बाट प्रर्दशनमा आउदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु