नेपाली कथानक चलचित्र आकाशे खेती बैशाख २६ मा प्रदर्शन हुने

म्यूजिक खबर
प्रकाशित: १३ पुष २०७६, आईतवार

काठमान्डौँ
एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रदर्शन मिति आज एक कार्यक्रमका विच घोषण गरिएको छ । हास्य प्रद्धान कथामा तयार पारिएको चलचित्रलाई चर्चित निर्देशन उदय सुब्वाले निर्देशन गरेका छन् ।

मनोरञ्जनात्मक ढंगबाट तयार पारिएको चलचित्रमा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको छ । विक्रमको छायाँकन, राजु किरातीको द्धन्द्ध, रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

आकाशे खेतीमा विल्सन विक्रम राई तोक्मे बुढा, गौरव पहाडी, निता ढुङ्गगाना, बुद्धि तामाङ्ग, रविन्द्र झा, रजनी गुरुङ्ग, अनुप याक्सो, रमा लिम्बु, लक्षु शर्मा, प्रकाश शर्मा को अभिनय चलचित्रमा रहेको निमार्ण पक्षले बताएको छ । चलचित्रलाई आगामी बैशाख २६ गते नेपाल अधिराज्यभरी प्रर्दशन गर्न लागीएको चलचित्रका निर्देशक उदय सुब्बाले जानकारी दिए ।

 

म्यूजिक खबरका भिडियोहरु

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु